१३ बैशाख २०८१, बिहीबार
गुलरिया नगरपालिकाका सव-ईन्जिनियर घुस लिदालिदै पक्राउ
  • काँचुली खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरले पछिल्लो समय दिनहुँ घुस काण्डको पर्दाफास गर्दै आएको छ । बिगत १ महिनाको अवधिमा कोहलपुर कार्यालयले बाँके लगाएत बिभिन्न जिल्लाबाट घुस लिइरहेको अवस्थामा आधा दर्जन बढि ब्यक्तीहरुलाई नियन्त्रणमा लिई कारवाही अगाडी बढाईसकेको छ । अद्यपी घुस खाने प्रवृत्तिमा भने कुनै कमि आएको छ ।
यसैबिच  मंगलबार अख्तियार कार्यालय कोहलपुरले पुनः एक ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका बर्दियामा कार्यरत असिस्टेन्ट सव-ईन्जिनियर रमेश कुमार गौतमलाई घुस लिईरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ । कार्यालयले एक विज्ञप्ती जारी गर्दै घटनाको पुष्टि गरेको हो ।
गौतमले बबई बहुमुखी क्याम्पसको शौचालय निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा गुलरीया नगरपालिका पुगेको अख्तियार कोहलपुरको टोलीले असिस्टेन्ट सव-ईन्जिनियर गौतमलाई १० हजार घुस रकम सहित नियन्त्रणमा लिएको थियो ।
अख्तियारको टोली त्यहाँ पुग्दा गौतमले घुस रकम लिईसकेको पाईएकाले उनलाई नगरपालिका कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईएको अख्तियार कार्यालय कोहलपुरले जनाएको छ ।

  • १५ श्रावण २०७५, मंगलवार १७:१७ प्रकाशित
  • Nabintech