१५ चैत्र २०८०, बिहीबार
व्यक्तिगत लगानीमा भ्यू टावर
  • काँचुली खबर

घोराहीस्थित मनबहादुर पुनका परिवारले ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गर्नुभएको छ । भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ । “सानो भए पनि सामाजिक कार्य गर्ने उद्देश्यले भ्यूटावर निर्माण गरेका हौँ,’’ पुनले भन्नुभयो । बुद्ध जयन्तीका अवसरमा शुरुआत गर्ने गरी काम गरिए पनि प्राविधिक समस्याले गर्दा केही ढिला मात्र सम्पन्न भएको उहाँले बताउनुभयो । भ्यू टावरको निर्माण कार्य असार अन्त्यमा सकिए पनि भदौ पहिलो साता उद्घाटन गर्ने गरी तयारी गरिएको छ । उक्त भ्यू टावर बुटवलमा निर्माण गरेर जिल्लामा ल्याइएको थियो । भ्यू टावरवाट जिल्लाको रमणीय स्थलको अवलोलकन गर्न सकिने भएको छ ।

भ्यू टावर निर्माण भएपछि मन्दिरलाई पनि आर्थिक रुपमा सहयोग मिल्ने व्यवस्थापन समितिका अध्यक्ष सतबहादुर रोकाले बताउनुभयो । ‘‘भ्यू टावरमा चढेर दाङका पर्यटकीय तथा धार्मिक स्थानहरुको अवलोकन गर्ने सकिनेछ”, अध्यक्ष रोकाले भन्नुभयो ।

  • १४ श्रावण २०७५, सोमबार ०९:३१ प्रकाशित
  • Nabintech