रविलाई भोलि चौथो पटक अदालत उपस्थित गराइने
  • काँचुली खबर

२४ कात्तिक, काठमाडौं । कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ।

तेस्रो पटक म्याद थपिएको समय आज सकिएपछि उनलाई भोलि (आइतबार) अदालत उपस्थित गराउन लागिएको हो। आज शनिबार बिदा भएकाले उनलाई भोलिमात्रै अदालत उपस्थित गराउन लागेको उनको सचिवालय सदस्य प्रमोद न्यौपानेले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

न्यौपानेका अनुसार भोलि रविलाई अदालत उपस्थित गराइँदा रास्वपा शुभचिन्तक तथा नेता कार्यकर्ताहरूले पोखराको जिरो किलोमिटर घन्टी घरमा प्रदर्शन जारी राख्नेछन् । यस्तै रविको स्वास्थ्य अवस्था अहिलेसम्म ठिक रहेको न्यौपानेले बताए ।

‘मैले भर्खरै सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा भेटेर बाहिर निस्केको छु । उहाँ तीव्र आत्मबल र विश्वासका साथ हिरासतमा बस्नुभएको छ । न्यौपानेले सामाजिक सञ्जाल फेसबुक लाइभमा भनेका छन्, हिरासत बसाइमा उहाँले अध्ययन अनुसन्धान र लेखनको काम गरिरहनुभएको छ उहाँ पूर्णरूपमा स्वस्थ हुनुहुन्छ।’

वकिलहरूले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन्। तर, सरकारी वकिलहरूले भने हिरासत भित्रै राखेर रविलाई अनुसन्धान गर्नुपर्ने बताउँदै आइरहेका छन् ।

बुटवलको रूपन्देहीमा रहेको सुप्रिम सहकारी बचत अपचलनबारे पनि रविलाई पक्राउ पुर्जी जारी भएकाले भोलिको म्याद थपिएपछि रविलाई रूपन्देही लगिने आशंका धेरै छ । तर यसबारे अहिले प्रहरीले केही बोलेको छैन ।

  • २४ कार्तिक २०८१, शनिबार १८:०४ प्रकाशित
  • Nabintech