काेहलपुर गाेल्डकप : कर्णालीलाई टाइब्रेकरमा हराउँदै पुलिस फाइनलमा
  • काँचुली खबर

२४ बैशाख, काेहलपुर । बाँकेकाे काेहलपुरमा जारी काेहलपुर गाेल्डकपकाे अन्तिम सेमिफाइनलमा नेपाल पुलिस क्लबले रोमाञ्चक जित हात पारेको छ । बिहिबार भएको खेलमा राेयल फुटबल क्लब (कर्णाली) लाई टाइब्रेकरमा ५-३ गाेलले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । अब उपाधिका लागि पुलिसले आयाेजक रेसिङ साहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको सुरुवातदेखि नै दुबै टोली आक्रामक शैलीमा उत्रिएका थिए । खेल निर्धारित ९० मिनेटको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा पुगेकाे थियाे। टाइब्रेकरमा पुलिसका कप्तान राम वगाले, सञ्जिव लामा, हेमन्त श्रेष्ठ, सुजन मगर र अनिल टमाटाेले गाेल गर्दै टिमलाई जित दिलाए । राेयलका करण शाहि, दिवश विसी र विक्रम अली मात्र सफल भए । कप्तान सुदन विककाे सुरूकै प्रहार गाेलपाेष्टबाट बाहिरीएपछि राेयलमाथी दवाव बढेकाे थियाे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गणेश पुन मगर ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।

बैशाख २६ गते हुने फाइनल खेलमा आयाेजक रेसिङ साहारा क्लब र नेपाल पुलिस क्लब बिच उपाधिकालागी प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

  • २४ बैशाख २०८३, बिहीबार १९:३६ प्रकाशित
  • Nabintech