११ बैशाख २०८१, मंगलवार
मजदुरीकालागि भारत जानेको सँख्या बढ्यो
  • काँचुली खबर

खेती किसानीको काम सकिएपछी म्धयपश्चिमका पहाडी तथा हिमाली जिल्लाका युवाहरु मजदुरीका लागी नेपालगन्ज नाका हुँदै भारत जान थालेका छन ।
नेपालगन्ज भन्सार नाका हुंदै भारत मजदुरीका लागी जाने युवा दैनिक ७ सय देखि १ हजार सम्म जाने गरेको जमुनाहा प्रहरी कार्यालयले जनाएको छ ।
खेतिको काम सकिएपछि एकै दिन कर्णाली प्रदेशका करिव सात सय बढी युवाहरु काम खोज्न नेपालगन्ज नाका हुंदै भारत जान थालेका छन् ।
भारत जानेहरुको संख्या एकाएक बढेपछि नेपालगन्जबाट भारतमा सन्चालन हुने सवारी साधन अभाव भएको छ । सार्वजनिक सवारीसाधन नपाएर करिव एक सय बढी नेपालीहरु सीमावर्ती भारतीय रुपैडिहा
बजारबाट नेपालगन्ज फर्किएका छन । आईतबार पनि त्यतिकै संख्यामा नेपालीहरु कामकालागी भारत गएका छन् । अधिकांश नेपालीहरुले भारतको सिमला र कालापहाडमा कामका लागि जान थालेको काम गर्न जाने कामदारहरु बताउँछन् ।
उनीहरु यसरी भारत जान थालेको पहिलो भने होईन ।
करिव १० दिन जति भयो दैनिक रुपमा ५ सय देखि माथिनै युवा भारत जाने गरेको प्रहरीले जानकारी गराएको छ ।


हरेक वर्ष धान रोपाईपछि हजारौं नेपाली युवाहरु काम खोज्न भारत जाने र चाडपर्वका बेला फर्किने परम्पराजस्तै बनिसकेको छ । कर्णाली प्रदेशको जाजरकोट, रुकुम, जुम्ला लगायतका जिल्लाका युवाहरुले गाँउमा रोजगारी
नभएको भन्दै भारत जान थालेको युवाहरु बताउँछन् । ‘रोपाई सकियो अब घरमा बसेर के गर्नु । गाँउमा कुनै काम पाइदैन उनिहरु भन्छन् । नेपालगन्ज नाका हुदै भारत जादै गरेका सल्यानका दिलबहादुर विकले भने, ‘भारतको सिम्लामा मजदुरीको जति पनि काम पाईन्छ । पैसा कमाएर दसैंमा फर्किने फर्कन्छौं ।’
विकसँग गाउकै आठ युवाहरु मजदुरीका लागि भारत पसेका छन् । उनीहरुले गाउँमा रोजगारी सृजना नभएसम्म भारत जानुको बिकल्प नभएको बताउँछन् ।

  • १४ श्रावण २०७५, सोमबार ०९:३२ प्रकाशित
  • Nabintech