१५ चैत्र २०८०, बिहीबार
घुस सहित बाँकेमा प्रहरी जवान रंगेहात पक्राउ
  • काँचुली खबर

भारतबाट अवैध रुपमा बोइलर कुखुरा ल्याउने एक व्यवसायीबाट घुस लिदालिदै नेपालगन्जमा एक प्रहरी जवान अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरबाट खटिएको टोलिले प्रहरी जवान गोविन्द नेपालीलाई घुसको रकमसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो ।

विक अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगन्जमा कार्यरत रहेका थिए । अख्तियार स्रोतका अनुसार घुस दिने कुखुरा व्यवसायीले कुखुरा नेपालकै भएको बिल देखाएका छन् । प्रहरी स्रोतका अनुसार अवैध रुपमा भारतीय कुखुरा उनले नेपालगन्जमा ल्याउने काम समेत गर्दछन् । आइतबार बिहानमात्रै प्रहरीले नेपालगञ्ज भित्रिदै गरेको ४ सय २१ वटा बोइलर कुखुरा बरामद गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार कोहलपुरले जनाएको छ ।

अख्तियार अनुसन्धान कार्यालय कोहलपुरले केही दिनअघि मात्र बाँकेमा सबैभन्दा बढि घुस प्रकरण हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । त्यसको एक हप्ता बित्न नपाउँदै प्रहरी जवान घुससहित पक्राउ परेका हुन ।

  • १३ श्रावण २०७५, आईतवार १९:२९ प्रकाशित
  • Nabintech