१४ बैशाख २०८१, शुक्रबार
बालिका हत्याको विरोधमा नेपालगन्जमा प्रदर्शन
  • काँचुली खबर

कञ्चनपुरमा १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै नेपालगन्जमा बालअधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन् ।

भीमदत्त नगरपालिका २ कि १३ वर्षीय निर्मला पन्त भीमदत्तनगर १८ निम्बुखेडाको उखुबारीमा मृत फेला परेकी थिइन् । बालअधिकारकर्मीहरु नेपालगन्जको विपी चोकमा जम्मा भएर आइतबार हत्याको विरोधमा प्रदर्शन गरेका थिए ।

उनीहरुले १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरेर फालिएको भन्दै दोषिलाई कारबाही गर्न माग समेत गरेका थिए ।

प्रहरीले बालिका हत्याकाण्डको अनुसन्धान राम्रोसँग नगरेको भन्दै उनीहरुले आक्रोश पोखेका थिए । कोणसभामा बोल्ने सहभागिहरुले बलात्कारीलाई मृत्यूदण्ड दिने कानुन निर्माण गर्न सरकारसँग आग्रह समेत गरेका थिए ।

विरोध प्रदर्शनपछि भएको कोणसभामा बालअधिकारकर्मी, राजनितिक दलका प्रतिनिधी, समाजसेवी लगायतले हत्या संग्लनलाई छिटो भन्दा छिटो पक्राउ गरी कारबाही गर्न सरकारलाई आग्रह समेत गरेका थिए ।

विरोध प्रदर्शन कार्यक्रममा विभिन्न क्षेत्रका ५० भन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो । बाल अधिकारकर्मी साहिल अन्सारीको अग्रसरतामा विरोध प्रदर्शन गरिएको हो ।

  • १३ श्रावण २०७५, आईतवार १८:५६ प्रकाशित
  • Nabintech