६ बैशाख २०८१, बिहीबार
किरा परेको अवस्थामा महिलाको शवं फेला, सनाखत हुन बाँकी
  • काँचुली खबर

नेपालगञ्ज उपमहानगरपालिका-१८, कारकादोमा महिलाको शव भेटिएको छ । अन्दाजी ५० वर्षकी महिलाको शव खेतमा भेटिएको हो ।

आँपको रुखमुनी उत्तानो अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षण नारायण डाँगीले जानकारी दिए । उनका अनुसार महिलाको शंव गन्हाइसकेको अवस्थामा फेला परेको हो ।

प्रहरीका अनुसार महिलाको अनुहारमा किरा परेको छ । मधेसीमूलको जस्तो देखिने महिलाको शवको सनाखत हुन सकेको छैन । शनिबार राती प्रहरीलाई शवका बारेमा खबर आएको थियो । शवलाई अस्पतालमा राखेर आफन्तको खोजी थालिएको बाँके प्रहरीले जनाएको छ ।

  • १३ श्रावण २०७५, आईतवार १८:४८ प्रकाशित
  • Nabintech