१२ बैशाख २०८१, बुधबार
भारतमा भेटियो डर लाग्दो नयाँ रोग,
  • काँचुली खबर

भारतमा नयाँ डर लाग्दो रोगले २४ घण्टामा चार जनाको मृत्यु भएपछि त्रास फैलिएको छ । उक्त रोगले नेपालसहित छिमेकी मुलुकहरुलाई प्रभावित गर्न सक्ने अनुमानले त्रास फैलिएको छ ।

‘लेप्टोस्पायरोसिस’ नाम गरेको सो रोगका कारण भारतको मुम्बइमा मात्रै २४ घण्टा भित्र ४ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
घरपालुवा जनावरबाट सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

चिकित्सकहरुका अनुसार कुकुर, बिरालो र मुसाबाट यो रोग चाँडै मानिसमा सर्छ । उक्त रोग सरेको २४ घण्टामा नै मानिसको मृ्त्यु हुने सम्भावना अत्याधिक हुने चिकित्सकले बताएका छन् ।

उनीहरुकाअनुसार ‘लेप्टोस्पायरोसिस’ लागेपछि ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने, शरीरका अंगहरु दुख्ने, आँखा दुख्ने र रातो हुने, थकाइ लाग्ने जस्ता लक्षणहरु देखा पर्छ । भारतमा उक्त रोगको संक्रमण फैलिन थालेपछि नेपालमा पनि उच्च सतर्क अपनाउन थालिएको छ ।

  • १३ श्रावण २०७५, आईतवार १७:१४ प्रकाशित
  • Nabintech