१३ बैशाख २०८१, बिहीबार
प्रथम इशाका मैत्रीपुर्ण फुटबलको उपाधी दिपक स्कुललाई
  • काँचुली खबर

खजुरा क्षेत्र सस्थागत बिधालय संगठन (इशाका) द्वारा आयोजना गरिएको मैत्रिपूर्ण फुटबल प्रतियोगिताको उपाधी दिपक बोर्डिङ स्कुलले उचालेको छ । शिक्षक, कर्मचारी तथा लगानीकर्ताहरुको बिच खेलाइएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाईनलमा बाँके गोल्डेन स्कुललाई हराउँदै दिपक बोर्डिङ स्कुल खजुराले उपाधी उचालेको हो ।
शनिबार सम्पन्न फाईनल खेल गोल रहित बराबरिमा टुङिएपछी पेनाल्टी सुटआउटमा दिपक बोर्डिङले ४-३ को गोल अन्तरले बाँके गोल्डेन स्कुललाई पराजित गरेको थियो ।
खजुरा गाउँपालिकाभित्र संचालनमा रहेका ८ वटा बद्यलयको सहभागितामा शुक्रबारदेखि शुक्र माबी सितापुरको खेलमैदानमा प्रतियोगिता संचालन गरिएको कार्यक्रम संयोजक डिबि तामाङले जानकारी दिए ।
खजुरा गाउपालिका वडा नं. २ का वडा अध्यक्ष देबिलाल खनाल को प्रमुख आथित्यतामा सम्पन्न समापन समारोहमा बिजेता खेलाडीहरुलार्इ प्रमुख अतिथि खनाल इशाका अध्यक्ष सतिश निरौला तथा कार्यक्रम संयोजक डिबि तामाङले पदक तथा ट्रफी बितरण गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै इशाकाका अध्यक्ष निरौलाले खेलमैदान उपलब्ध गराउने शुक्र मा.बि. तथा खेल अवधिभर सहयोग पुर्याउने सितापुरबासी लगायत सबैलाई धन्यवाद दिदै खेलले आपसी सद्भाव कायम राख्नुका साथै खेल संस्कारको समेत विकास गर्ने बताएका थिए ।

  • १२ श्रावण २०७५, शनिबार २१:४४ प्रकाशित
  • Nabintech