७ बैशाख २०८१, शुक्रबार
चन्द्रमामा पुगेकै थिएनन् नील आर्मस्ट्रङ !
  • काँचुली खबर

तपाईलाई यो थाहा नहुन सक्छ कि २० जुलाईमा इतिहासमा एउटा ठूलो घटना भएको थियो । उक्त दिन पहिलो पटक मानिसको पाइला चन्द्रमामा परेको थियो । अमेरिकी अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा पाइला राखेको दावी गरिएको थियो । उनले चन्द्रमामा पाइला राखेको दावी गरिएको पनि ४९ वर्ष पुरा भएको छ । १९६९ को जुलाई २० मा मानिसले पहिलो पटक चन्द्रमामा पाइला राखेका थिए । एपोलो-११ मिसनको नेतृत्व गर्दै अन्तरिक्ष यात्री नील आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा पाइला राख्ने हिम्मत जुटाएका थिए । अमेरिकाले चन्द्रमामा मानिस पुर्याएको दावी गरेपनि हाल कैयौ मानिस यो दावीमाथि आशंका व्यक्त गर्दै आएका छन् । उनीहरुले नील आर्मस्ट्रङले चन्द्रमामा पाइलानै नराखेको दावी गर्दैै आएका छन् ।
अमेरिका रुस भन्दा पहिले अन्तरिक्षमा जाने विषयमा पछाडि परेको थियो । यसै कारण नासाले चन्द्रमामा पुगेको नाटक गरेको दावी गरिदै आएको छ ।
विज्ञका अनुसार चन्द्रमामा गएको सारा खेल फिल्म स्टुडियोमा गरिएको थियो ।देखाइएको तस्बिरमा अमेरिकी झन्डा हावामा उडिरहेको देखिएको छ । विज्ञका अनुसार चन्द्रमामा वायुमण्डलनै हुदैन र झन्डा फहराएको देख्न सकिदैन ।
यति मात्रै होइन कि चन्द्रमामा नील आर्मस्ट्रङको खुट्टाको निशान देखाइएको छ । यो देखेर सबैलाई खुसी पनि लागेको थियो । तर चन्द्रमामा यस्तो निसान पाउन मुश्किल मात्रै होइन असम्भव नै हो । ४ टनको चन्द्रयानको चन्द्रमामा कुनै पनि निशान नभएको तस्बिरमा देखिएको छ । यस्तो अवस्थामा आर्मस्ट्रङको खुट्टाको निशान कसरी बन्यो भनेर विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।

 

स्रोत : कारोबार

  • १२ श्रावण २०७५, शनिबार २१:०२ प्रकाशित
  • Nabintech