१५ चैत्र २०८०, बिहीबार
‘घुस्याहा’ कर्मचारी भटाभट अख्तियारको फन्दामा,
  • काँचुली खबर

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले शनिवार बिहान भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ठाकुरकी पत्नी पनि पक्राउ परेकी छिन् । घुसको रकम लिएर घर जाँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको बताइएको छ ।

यसअघि, शनिवारै बिहान अख्तियारको टोलीले गुल्मीमा सिमलटारी–प्युठान सडक आयोजनाका सवइन्जिनियर प्रकाश झालाई पनि १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । झालाई आफ्नै कोठामा घुस लिँदै गरेको अवस्थामा अख्तियार बुटवलको टोलीले पक्राउ गरेको थियो ।

  • १२ श्रावण २०७५, शनिबार १७:३८ प्रकाशित
  • Nabintech