१५ बैशाख २०८१, शनिबार
एकलाख घुससहित सब – इन्जिनियर पक्राउ
  • काँचुली खबर

गुल्मी / गुल्मीमा घुस लिदै गरेको अवस्थामा शव इन्जिनियर पक्राउ परेका छन् । तम्घास सिमलटारी प्युठान सडक आयोजनाका शव इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् । उनलाई शनिबार बिहान उनकै कोठामा घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयेग क्षेत्रिय कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।
सदरमुकाम तम्घासको बसपार्कमा डेरा गरी बसेका उनले शनिवारको निर्माण कार्यमा संग्लग्न ब्यवसायीलाई ‘रनिङ्ग विल’ भुक्तानीका लागि घुसहित बोलाएका थिए । उक्त कुराको सुचना प्राप्त गरी वुटवलबाट आएको टोलीले उनको कोठामा छापा मारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख अनुराग कुमार द्विवेदीले जानकारी दिए ।

  • १२ श्रावण २०७५, शनिबार १३:१३ प्रकाशित
  • Nabintech