एनपिएल : फ्रेन्चाइजकालागी ८ वटा टाेलिले १६ करोड ८८ लाख खर्चिए
  • काँचुली खबर

२० भदाै, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) सहभागी हुने आठ वटै फ्रेन्चाइज टोली मालिकको नाम सार्वजनिक गरेको छ ।

क्यानले बिहीबार सार्वजनिक गरेको टोली मालिकसहित लिगका लागि पोखराले सर्वाधिक तीन करोड ५७ लाख रुपियाँमा फ्रेन्चाइज लिएको छ । यस्तै दोस्रोमा कान्तिपुर पब्लिकेशनले गरेको छ । कान्तिपुरले फ्रेन्चाइजका लागि तीन करोड ३३ लाख ३३ हजार ३३९ रुपियाँ खर्च गरेको छ ।

जनकपुरको फ्रेन्चाइजी ड्रिम्स स्पोर्टसले पाएको छ । उसले बोलकबोलमा २ करोड ५ लाखमा फ्रेन्चाइजी पाएको हो ।

लुम्बिनीको फ्रेन्चाइजी फर्टुना हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैयाँमा लिँदा सुदूरपश्चिमको फ्रेन्चाइजी इम्पायर स्पोटर्सले १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँमा लिएको छ ।
चितवनको फ्रेन्चाइजी चितवन मेडिकल कलेजले १ कराेड ७६ लाख एक हजार रुपैयाँ र बिराटनगरको एमएडी ड्रिम्स स्पोर्टसले १ करोड ५१ लाख रुपैयाँमा पाएको छ ।
सबैभन्दा कमको बोली कर्णालीको फ्रेन्चाइजीमा लाग्यो । हिमालयन बिल्डर्सले १ करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णाली टिमको फ्रेन्चाइजी लिएको हो ।
मंसिर १५ देखि ६ पुससम्म हुने एनपीएलमा ८ टिम रहनेछन् । फ्रेन्चाइजी टिमका लागि १६ वटा आवेदन परेको थियो । खुला बिडिङ गर्दा ८ वटा फ्रेन्चाइजी कुल १६ करोड ८८ लाख ९३ हजार २३१ रुपैयाँमा बिक्री भएको छ ।
  • २० भाद्र २०८१, बिहीबार १९:३४ प्रकाशित
  • Nabintech