स्व. अपेक्षा शर्माको नाममा अक्षयकोष स्थापना
  • काँचुली खबर

गत असार ३२ गते कोहलपुरमा रहेको स्प्ल्यास जोनमा रहेको पौडी पोखरीमा डुबेर ज्यान गुमाएकी बालिका अपेक्षा शर्माको स्मृतीमा पौडी पोखरी सञ्चालकले अक्षय कोष स्थापना गरेका छन् ।
कोहलपुर निवासी नेपाली काँग्रेस कोहलपुर नगर समिति सभापति बलराम शर्माका जेष्ठ सुपुत्र भरत शर्माकी छोरी अपेक्षा शर्माको पौडी खेल्नेक्रममा पौडी पोखरीमा डुबेर ज्यान गुमाएपछि पौडी पोखरी सञ्चालक सूर्योदय श्रेष्ठले स्व. शर्माको स्मृतीमा स्थानीय ज्ञानोदय सामुदायिक पुस्तकालयमा २ लाख ५ हजार रुपैयाँको अपेक्षा स्मृती अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । अक्षय कोष स्थापनाका लागि स्व. शर्माको अभिभावक एवम् हजुरबुवा बलराम शर्मा संरक्षक रहने गरी नगर र बैंक चेक मार्फत पुस्तकालयका कोषाध्यक्ष चेतकान्त भट्टराईलाई रकम हस्तान्तरण गरेका छन् ।

आपूmले व्यवसाय सञ्चालन गरिरहेको पौडी पोखरीमा पौडी खेल्ने क्रममा ज्यान गुमाउन पुगेकी स्व. शर्माको परिवारलाई सम्बोधन हुने गरी दिवंगत आत्मालाई सदा स्मरण हुनेगरी सामाजिक संस्था पुस्तकालयमा अक्षय कोष स्थापना गरिएको पौडी पोखरी सञ्चालक श्रेष्ठले बताए । उनले अकल्पनीय घटनाले आफुलाई पनि मानसिक रुपमा विछिप्त बनाएकाले स्व. शर्माको नाममा अक्षय कोष स्थापना गर्ने निर्णयलाई सबैले सकारात्मक रुपमा ग्रहण गर्न आग्रह गरे ।
यता स्व. शर्मा हजुरबुवा बलराम शर्माले परिवारको सदस्य सदाका लागि गुमाउनुपरेको पीडाबाट परिवारमात्र नभई पुरै समाज स्तब्ध भएको प्रतिक्रिया दिए । उनले घटना अप्रिय र अकल्पनयि भएकाले कानुनी रुपमा पनि पौडी पोखरी सञ्चालकका विरुद्वमा उजुरी गर्न नचाहेको बताए । स्वतः स्फुर्त रुपमा पौडी पोखरी सञ्चालकले दिवंगत नातिनीको नाममा अक्षय कोष स्थापना गर्न चाहेको बताएपछि यस्तो निर्णयलाई स्वागत गरेको बताए । साथै उनले पौडी पोखरी सञ्चालकलाई कुनै पनि माध्यम र प्रकारबाट क्षतिपूर्तीको नाममा कुनै रकम माग नगरेको समेत स्पष्ट पारे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पुस्तकालयमा स्थापना गरिएको अक्षय कोष संचालनकालागी कार्यविधि निर्माण गरिने र त्यसकै परिधिमा रहेर सामाजिक कार्यमा खर्च गरिने पुस्तकालयका कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

  • ११ श्रावण २०७५, शुक्रबार १६:५२ प्रकाशित
  • Nabintech