१३ बैशाख २०८१, बिहीबार
दर्शन सेवा समाजको भेला सम्पन्न
  • काँचुली खबर

‘आजको आवश्यकता, ठकुरीहरुको एकता’ भन्ने मुल नाराका साथ दर्शन सेवा समाज कोहलपुरको प्रथम नगर अधिवेशन कोहलपुरमा सम्पन्न भएको छ । प्रथम अधिवेशनले प्रेम नारायण शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा श्रीमती तारा चन्द ठकुरी, सचिवमा जनक वहादुर शाही, सहसचिवमा विष्णु वहादुर शाही र कोषाध्यक्षमा जमला कुमारी शाही चयन भएकी छन ।
त्यसैगरी सदस्यहरुमा अशोक शाही, प्रेम चन्द, हिरा शाह, कुल वहादुर शाही, धर्म वहादुर शाही, तजेन्द्र वहादुर सिह, श्रीमती स्मीता मल्ल र जगत वहादुर खाँण चयन भएका छन् ।
ठकुरी जातिलाई उर्जावान र शक्तिशाली वनाउन ठकुरीहरुको एकता आवश्यक देखिएकाले दर्शन सेवा समाजको स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष प्रेम नारायण शाहीले वताए ।
सचिव जनक शाहीले विगतमा राजा भएर वसेका ठकुरीहरुले वसाई-सराईका कारण आफ्नो मान, सम्मान र रवाफ भुल्न थालेकाले जातिय पहिचानका साथै विकासकालागि दर्शन सेवा समाज लागिपर्ने प्रतिवद्धता ब्यक्त गरे ।


दर्शन सेवा समाजकी केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि ईन्दिरा शाहले राजकिय शासन खोसिएपनि राजकिय स्वाभाव र संस्कार ठकुरीको पहिचान भएको दावी गरिन् । उनले ठकुरी जाति अदम्य साहस र उर्जाका कारण ठकुरी भएको गर्व वोध गर्दै ठकुरी जातिको ईतिहास विरताको ईतिहास भएको दावी समेत गरिन् ।
दर्शन सेवा समाजको प्रथम भेलालाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कोहलपुरका अध्यक्ष नर बहादुर मल्ल, नेपाली काँग्रेस कोहलपुरका नेता विरेन्द्र शाह, नेकपाका टेक वहादुर शाही, कर्ण बहादुर मल्ल, पुर्व स्थानिय विकास अधिकारी खेमराज शाह, त्रिभुवन माविकि पुर्व प्राचार्य विमला शाही, राप्रपाका नेता तुलराज शाही दर्शन सेवा समाजका वुद्धिजीवि किरण शाह, उपेन्द्र बहादुर शाही र धर्मेन्द्र विक्रम शाहले ठकुरी सेवा समाजले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा समेत वकालत गर्नुपर्नेमा जोड दिएका थिए ।

  • ११ श्रावण २०७५, शुक्रबार १४:०६ प्रकाशित
  • Nabintech