१५ बैशाख २०८१, शनिबार
बालिकाकाे शव फेला
  • काँचुली खबर

विहिबार बिहान ११ बजे साथीको घर साथी सँगै पढन हिडेकी वर्ष १३ की निर्मला पन्तको शब आज विहान ८ बजे भीनपा १८ स्थित पत्थरपुरको उखू बारीमा फेला परेको छ । शुक्रबार विहान ८ बजे स्थानियले बालिको कपि र साईकल देखेपछि खोजि गर्दै जाँदा भीनपा १८ स्थिीत पत्थरपुरको उखुबारीमा उनको शव फेला परेका थियो ।
प्रारम्भीक अनुसन्धानमा बालिकाको बलात्कार गरी हत्या गरिएको देखिन आएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताए । आफुहरु हिजो राती देखि नै बालिकाको खोजीमा रहेको र हत्याको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान चलिरहेको खडकाले बताए ।
भीनपा २ सरस्वती टोल, उल्टाखाम बस्दै आएकी पन्त कक्षा ९ मा सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरक्त थिइन । आर्थिक अवस्था निकै कमजोर रहे पनि उनि पढाईमा राम्रो हुनुका साथै आफनो टोलमा पनि राम्रो बालिकाको रुपम चिनिएको स्थानियहरुले बताए ।

  • ११ श्रावण २०७५, शुक्रबार १२:४४ प्रकाशित
  • Nabintech