सिक्टाको नहरमा डुबेको अवस्थामा थारुको शव भेटियो
  • काँचुली खबर

१६ साउन, कोहलपुर । बाँकेको सिक्टा नहरमा एकजना मृत फेला परेका छन । प्रहरीका अनुसार कोहलपुर नगरपालिका वडा नं. ४ र १५ को बिचमा पर्ने नहरमा कोहलपुर १५ पेडारी वस्ने वर्ष ४४ का बिर बहादुर थारु मृत अवस्थामा फेला परेका हुन ।

मृतकको शवलाई प्रहरीले नहरबाट निकालेर पोष्टमार्टमका लागि भेरी अस्पताल पठाएको छ भने उनको मृत्यु पानीमा डुबेर भएको वा अन्य कारणले भन्नेबारे अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाको छ ।

प्रारम्भिक अनुसन्धानमा उनी डुबेरै मृत्यु भएको हुनसक्ने भन्दै प्रहरीले मृत्युको कारण भने पोष्टमार्टम रिर्पोटपछि खुल्ने बताएको छ ।

पछिल्लो समय कोहलपुर आसपास क्षेत्रमा अत्याधिक गर्मि हुने र गर्मि छल्न भन्दै सिक्टा नहरमा पौडि खेल्न जानेहरुको संख्या बढेसंगै जोखिम समेत बढेको छ । निरन्तर वर्षापछि सिक्टाको मुख्यद्वार अगैयामा पानीको सतह बढेसँगै नहरमा समेत पानी भरिएर आउने र मानिसहरुलाई डुवाउन सक्ने भन्दै सतर्कता अपनाउन कोहलपुर प्रहरीले अपिल गरेको छ ।

  • १६ श्रावण २०८१, बुधबार १५:३९ प्रकाशित
  • Nabintech