१४ बैशाख २०८१, शुक्रबार
सामाजिक सहिष्णुताकालागि बाँकेका धर्मगुरुहरुको पहल
  • काँचुली खबर

सामाजिक सहिष्णुता र सद्भाव कायम गर्न सक्रिय अन्तरधार्मिक तथा सामाजिक सद्भाव मञ्चले सामाजिक सहिष्णुताका लागि बिभिन्न गतिबिधिहरु सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जमा बसेको मञ्चको बैठकले सामाजिक सद्भावका लागि बिभिन्न समितिहरुसँग सहकार्य गर्दै गतिविधिहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।
२०६३ सालमा स्थापना भई निरन्तर बाँके जिल्लामा सद्भाव कायम गर्न अग्रसर मञ्चले बाँके जिल्लाका बिभिन्न स्थानहरुमा सद्भाव प्रबचन कार्यक्रम गर्ने
निर्णय गरेको छ ।
मञ्चका अध्यक्ष बागेश्वरी मन्दिर नेपालगञ्जका मूल महन्त चन्द्रनाथ योगीको अध्यक्षतामा बसेको बैठकले नियमित बैठक गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा बोल्दै अध्यक्ष योगीले सद्भाव अभिबृद्धि गर्न सबै धर्मगुरुहरु एक ठाउँमा रहेको बताए । उपाध्यक्ष मुस्लिम धर्म गुरु मौलाना जब्बार मञ्जरीले आपसी सद्भाव बिग्रिन नदिन सबै धर्मगुरुहरु एक ठाउँमा रहेको बताए ।
सचिव सिख धर्मका प्रतिनिधि राजेन्द्र सिंह सरदारले सबै धर्म गुरुहरु एक ठाउँमा भएकाले बाँके जिल्लाको सामाजिक सद्भाव बलियो रहेको बताए । कोषाध्यक्ष क्रिश्चियन धर्म गुरु बेञ्जामिन श्रेष्ठले सामाजिक र धार्मिक सद्भावका लागि सधैं क्रियाशिल भएर काम गर्ने प्रतिबद्धता जनाए ।

  • १० श्रावण २०७५, बिहीबार २०:२२ प्रकाशित
  • Nabintech