नाकामा खटिएका अनुसन्धान सूचकमाथि आक्रमण, १८ लाख लिएर फरार
  • काँचुली खबर

१० साउन, नेपालगन्ज । बाँकेको जमुनाह भन्सार चेकपोस्ट नजिकैबाट स्रोत नखुलेको रकम बरामद गर्दा राष्ट्रिय अनुसन्धान विभागका सूचकमाथि आक्रमण भएको छ । बुधबार साँझ नेपालगन्ज उपमहानगरपालिका-१५ बाट सूचक अर्जुन खड्काले स्रोत नखुलेको १८ लाख रुपैयाँ बरामद गरेका थिए ।

तर, बरामद रकम नेपालगन्ज-४ स्थित ‘एसएन ब्लु गेमिङ क्लब’का महाप्रबन्धक अर्जुन खनालले चेकपोस्टमा खटिएका प्रहरीकै सामुन्ने खोसेर लगेको खड्काले बताए । नगद खोसेर लिएपछि क्यासिनोका महाप्रबन्धक खनाल सहितको समूहले सूचकलाई कुटपिट गरेका हुन ।

सूचक खड्काको टाउकोमा ११ वटा टाँका लगाइएको छ । उनीहरुले सूचकलाई बोतल र फलामको कुर्सी प्रहार गरेका हुन् । कुटपिटमा संलग्न खनाललाई नियन्त्रणमा लिइएको बाँकेका एसपी तुलबहादुर कार्कीले बताए । एसपी कार्कीले भने, ‘आक्रमणमा चार-पाँच जना संलग्न रहेछन्, उनीहरूबारे अनुसन्धान हुँदै छ ।’

क्यासिनो सञ्चालकले सो रकम भारतबाट नेपालतर्फ ल्याएको बुझिएको छ । नेपालगन्ज उपमहानगरपालिका-४ स्थित न्युरोडमा रहेको कालपत्रु होटलमा क्यासिनो ‘एसएन ब्लु गेमिङ क्लब’ सञ्चालनमा रहेको छ ।

नेपालगञ्जमा क्यासिनोको नाममा अनेकौ बेथितीहरु मौलाएर गएको अवस्थामा पछील्लो पटक सरकारी कर्मचारीहरु समेत कुटिन थालेपछी टोले गुण्डा र तिनका नाईकेहरुको मनोबल बृद्धि भएर थप अन्य अपराधमा समेत संलग्न हुने अवस्था सृर्जना हुँदै गएको छ ।

  • १० श्रावण २०८१, बिहीबार १३:४१ प्रकाशित
  • Nabintech