१२ बैशाख २०८१, बुधबार
मच्छरले कुन ब्लड ग्रुप भएका मानिसको रगत धेरै खाने गर्छ ?
  • काँचुली खबर

हामी जहिल्यै आफुलाई मात्र मच्छरले धेरै टोकेको अनुमान गर्छौ । नजिक साथीहरु हुँदा पनि आफैंलाई आएर टोकेको महशुस गर्ने गर्छौ । समुहमा बसेको बेलामा पनि किन मच्छरले तपाइलाई नै टोक्छ त ? कसैलाई अरुलाई भन्दा धेरै मच्छरले आफुलाई टोक्छ भन्ने लाग्छ भने आफ्नो ब्लड ग्रुप चेक गराउनु पर्छ ।

वैज्ञानिकहरुका अनुसार ‘ओ’ ब्लड ग्रुप भएका व्यक्तिहरुको रगत मच्छरले धेरै खाने गर्छ । वैज्ञानिकहरुका अनुसार अरु ब्लड ग्रुपका व्यक्ति भन्दा ‘ओ’ ब्लड ग्रुप भएका व्यक्तिहरुलाई मच्छरले टोक्नुमा त्यसमा पाइने तरल पदार्थ नै हो । ‘ओ’ ब्लड ग्रुपमा अरु ब्लड ग्रुपका मानिसहरुको ब्लडमा पाइने भन्दा विशेष किसिमको तरल पदार्थ हुने गर्छ । जसलाई मच्छरले मन पराउने गर्छन् । त्यसै कारणले पनि ‘ओ’ ब्लड भएका मानिसहरुलाई मच्छरले धेरै खाने गर्छ ।

‘ए’ ब्लड ग्रुप भएका मानिसहरुको रगत मच्छरले सबैभन्दा कम खाने गरेको वैज्ञानिकहरु बताउने गर्छन् । गर्भावस्थामा रहेका महिलाहरुलाई पनि मच्छरले धेरै खाने गर्छ । किनभने उनीहरुको श्वासमा कार्वनडाईअक्साईको मात्रा साधारण बेलाको भन्दा २१ प्रतिशतले धेरै हुन्छ । यदि शरिरमा तापक्रम धेरे छ भने त्यस्तो मान्छेलाई पनि मच्छरले धेरै सताउने गर्छ ।

  • १० श्रावण २०७५, बिहीबार १६:४२ प्रकाशित
  • Nabintech