१४ बैशाख २०८१, शुक्रबार
खेलकुद मन्त्रीद्धारा अन्तराष्ट्रिय क्रिकेट मैदानको शिलन्यास
  • काँचुली खबर

युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्माले कोहलपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सिलान्यास गरेका छन । बाँकेमा आगामी मँसीर २१ देखी सँचालन हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको क्रिकेट खेल कोहलपुरमा हुने भएको छ । सिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले क्रिकेट खेलको जननीको रुपमा बाँके रहेको हुदा यस क्षेत्रलाई अब फेरी राष्ट्रिय तथा  अन्तराष्ट्रिय स्तरमा परिचित बनाउनु पर्नेमा जोड दिएका थिए ।

उनले क्रिकेटलाई अगाडी बढाउनकालागी कोहलपुर क्षेत्रका बिशिष्ट ब्यक्तित्वहरुको महत्वपुर्ण भुमिका रहेको समेत उल्लेख गरेको थिए । बिश्वकर्माले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनको समयाबधी धेरै नभएको र भौतिक पुर्बाधारको कामहरु धेरै बाकी रहेको हुदा सबै सरोकारवालाहरु एक जुट भएर प्रतियोगिता सफल बनाउन लाग्नु पर्नेमा जोड दिए ।

शिलन्यास कार्यक्रममा मध्यपश्चिम खेलकुद बिकास समितीका अध्यक्ष भिम वलीले पहिलो पुरुष तर्फको क्रिकेट प्रतियोगीता कोहलपुरको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएको हुनाले अहिले १० लाखको लागतमा क्रिकेट मैदानको स्तरोन्नती गर्न लागीएको बताए । शिलान्यास कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथक, कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत लगायत खेलकुदसँग सम्बन्धित निकायका प्रतितिनधीहरुले सहभागीता जनाएका थिए ।

 

  • १० श्रावण २०७५, बिहीबार १२:५९ प्रकाशित
  • Nabintech