१२ बैशाख २०८१, बुधबार
इशाका द्वारा आयोजित पहिलो मैत्रीपुर्ण फुटबल आजदेखी शुरु
  • काँचुली खबर

खजुरा /  खजुरा क्षेत्र सस्थागत बिधालय सङ्गठन (इशाका) को आयोजना मा आजदेखी २ दिनेमैत्रीपुर्ण फुटबल प्रतियोगिता खजुरा गाउँ पालिका को सितापुर स्थित शुक्र माबिको खेलमैदान मा हुने इशाका अध्यक्ष सतिश निरौला ले बिगप्ती जारी गरि जानकारी दिनुभयो।
खजुरा गाउँ पालिकामा रहेका निजिबिधालयको छाता संगठन का रूपमा कृयासिल सस्था इशाकाले शिक्षक, कर्मचारी तथा लगानी कर्ता हरु बिच आपसी सद्भाव वृद्धि गर्ने उधेश्यले आयोजना गर्न लागिएको प्रतियोगिता मा ८ बिधालय को सहाभागिता रहने छ।
खेल का लागी निकालिएको टाइसिट अनुसार खेलमा अरुणोदय स्कुलले बाके गोल्डेन स्कुल सङ्ग प्रतिस्पर्धा गर्ने छ भने जेनिथ स्कुलले भुपुसैनिक स्कुल सङ्ग धुर्बतारा स्कुलले दिपक स्कुल सङ्ग र गुराँस स्कुलले इन्टिग्रेटेड स्कुल सङ्ग प्रतिस्पर्धा गर्नेछन् । खेल नकआउट सिस्टम का आधारमा खेलाइने इशाका अध्यक्ष सतिश निरौला द्वारा जारी बिगप्तिमा उल्लेख छ। सस्थाले प्रत्येक बर्ष इशाका रनिङ्ग शिल्ड प्रतियोगिता समेत गर्दै आएको र जस्को दुई सस्करण सम्पन्न भैसकेको समेत जनाएको छ।

  • १० श्रावण २०७५, बिहीबार ०७:३६ प्रकाशित
  • Nabintech