१५ चैत्र २०८०, बिहीबार
तरुण दलको रत्तदान कार्यक्रम सम्पन्न
  • काँचुली खबर

कोहलपुर  \ नेपाल तरुण दल नगर कार्य समिति कोहलपुरले आयोजना गरेको वृहत रक्तदान कार्यक्रम मार्फत १ सय ८५ पिन्ट रगत संकलन गरेको छ । रगत अभावमा कोही व्यक्ति र विरामीहरुले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको तरुण दल कोहलपुर अध्यक्ष हरीसिंह कठायतले बताए ।

 

वृहत रक्तदान कार्यक्रममा सहभागी हुन आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले नेपाली काँग्रेस निकट भातृ संगठनहरु राजनीतिक गतिविधीसँगै सामाजिक रुपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको इतिहासमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको चर्चा गरे । उनले नेपाली काँग्रेसकै नेतृत्वमा हरेक राजनीतिक परिवर्तन सम्भव भएको प्रमाण सुरक्षित रहेको भन्दै नेपाली काँग्रेसको नेतृत्वमा मुलुकले संघीय गणतन्त्र र जनताले अपनत्व गर्ने र्संविधान जारी भएपछि मुलुक सम्बृद्धि तर्फ उन्मुख हुँदै गएको दावी गरे ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ब्लड बैंक परिसरमा आयोजित कार्यक्रममा नेपाली काँगैस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति माधवराम खत्री, महासमिति सदस्यहरु भानुभक्त भट्टराई, नारायण गौडेल लगाएतका अगुवा काँग्रेसी नेताहरुले तरुण दलको इतिहास र तरुण दलले मुलधारको राजनीतक परिवर्तनमा खेलेको अग्रणी भूमिकाबारे चर्चा गरेको नेपाल तरुण दल बाँके क्षेत्र नं.१ का क्षेत्रीय सभापति दिग्बिजय जंग राणाले बताए । तरुण दल कोहलपुरले यस अघि कोहलपुर नगर क्षेत्रमा रहेको साझा समस्याहरु छाडा पशु चौपाया व्यवस्थापन, भ्रष्टाचार मुक्त कोहलपुर र सर्पदंशको उपचार केन्द्र कोहलपुरमै स्थापना गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण समेत गराइसकेको तरुण दल नगर समिति अध्यक्षले कठायतले बताएका छन् ।  

  • ९ श्रावण २०७५, बुधबार १९:५२ प्रकाशित
  • Nabintech