अत्याधिक गर्मीका कारण कोहलपुर र नेपालगन्जका विद्यालय बन्द
  • काँचुली खबर

१४ जेठ, कोहलपुर । बाँकेका दुई पालीकाले विद्यालयहरुलाई स्थानिय बिदा दिएका छन । अत्याधिक गर्मी बढेसँगै कोहलपुर र नेपालगन्ज उपमहानगरपालीकाले गर्मी बिदा दिएका हुन ।

कोहलपुर नगरपालीकाले तिन दिनकालागी पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मी बढेसँगै नगरपालीकाले कोहलपुर क्षेत्रका विद्यालयहरुकालागी तीन दिन गर्मी बिदा दिएको हो ।

गर्मीका कारण पठनपाठनमा समस्या आएपछि कोहलपुर नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव राम बहादुर हमालले जानकारी दिए ।

जेठ १६ गते देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ ।

तातो हावा ‘लु’ चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका विद्यालय समेत पाँच दिनका लागि बन्द हुने भएका छन् ।

तातो हावा लु र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगन्जमा जेठ १५ गतेदेखि पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले दिएको जानकारीअनुसार नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगन्जका सबै विद्यालय जेठ १५ गतेदेखि १९ गतेसम्म बन्द गर्ने निर्णय भएको गरिएको हो ।

बाँकेको तापक्रम अहिले ४१ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

  • १४ जेष्ठ २०८१, सोमबार १८:२९ प्रकाशित
  • Nabintech