मर्यादा विपरित काम गरेको भन्दै नरैनापुरका दुई शिक्षकलाई कारबाही
  • काँचुली खबर

१४ जेठ, नेपालगन्ज । पेशागत मर्यादा विपरित काम गरेको भन्दै बाँकेको नरैनापुर गाँउपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ । पेशागत मर्यादा नाघेका नरैनापुर ४ खोदावाँ स्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरख बहादुर राना र सोही विद्यालयकी शिक्षिका रिता चौधरीलाई जेष्ठ १४ गते देखि लागु हुनेगरी पदबाट मुक्त गरिएको शिक्षा अधिकृत कृष्ण कुमार चौधरीले बताएका छन ।

आईतबार एक समुहले शिक्षा युवा तथा खेलकुद शाखामा प्रवेश गरी शिक्षा अधिकृत चौधरीलाई कोठामा थुनेर बहिरबाट ताल्चा लगाएको थियो । केही व्यक्तिहरुसँग मिलेर शिक्षकद्वय राना र चौधरीले शिक्षा अधिकृत चौधरीलाई कार्यकक्षमै थुन्ने काममा संलग्न भएको भन्दै उनिहरुलाई पदमुक्त गरीएको बताईएको छ ।

शिक्षक भर्नाको विषयलाई लिएर बिना प्रमाण भ्रष्टाचार गरेको आरोप लगाउदै एमालेका स्थानीय कार्यकर्ता विनय दिक्षित सहित केही तत्वहरु कार्यालयमा प्रबेश गरी कर्मचारीहरु माथि अभद्र व्यवहार गरेको भन्दै इलाका प्रहरी कार्यालय भगवानपुरमा आवश्यक कारवाहीकालागि गाँउपालिकाले पत्रचार गरेको जनाएको छ ।

शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न गाँउपालिका लागिपरेको बताउदै शिक्षा शाखाका अधिकृत चौधरीले नरैनापुरले शिक्षा क्षेत्रमा गरेको राम्रो कार्यलाई देखेर केही तत्वहरु शिक्षा क्षेत्रको बदनाम गर्न लागिपरेको भन्दै उनले शिक्षकहरुलाई विचलित नभएर अगाडि बढ्न आग्रह गरेका छन ।

उनले पदीय आचारण विपरित काम गर्ने शिक्षकहरुको पहिचान गरी कारबाही गर्ने बताएका छन । पेशागत दायित्वबाट च्यूत भएको भन्दै दुई शिक्षकलाई पदमुक्त गरेको उल्लेख गर्दै चौधरीले पद र आचरण बिर्सनेलाई कारवाही गर्ने जिकिर समेत गरेका छन ।

  • १४ जेष्ठ २०८१, सोमबार १२:४८ प्रकाशित
  • Nabintech