७ बैशाख २०८१, शुक्रबार
नेपालगन्जको सामाजिक सद्भाब बारे अन्र्तक्रिया
  • काँचुली खबर

नेपालगन्जमा सामाजिक सदभावबारे अन्तरक्रिया कार्यक्रम गरिएको छ । समाजमा शान्ति, सुरक्षा तथा सद्भावका लागि सामाजिक सदभाव मुल समिती नेपालगन्ज गठन गरिएको जानकारी सहित अन्तरक्रिया गरिएको हो । समिती १३ सदस्यीय रहेको जानकारी गराउदैँ आवश्यक्ता अनुशार थपघट गर्न सकिने जानकारी गराईएको छ । कार्यक्रमका अध्यक्षता ग्रहण गरेको सामाजिक सद्भाव मुल समितीका अध्यक्ष नन्दलाल बैश्यले समाजमा भएका घटनाहरुलाई घट्न नदिनको लागि पुर्व तयारी भएको बताउनुभयो ।
प्रशासनले मात्र घटना रोक्न नसक्ने बताउदै सबैले आ आफ्नो तर्फ बाट सहयोग तथा कार्य गर्नू पर्ने अध्यक्ष बैश्यले बताउनुभयो । कार्यक्रममा समाजमा हुने गरेका साना साना विषयका झगडा पछि गएर ठुलो हुने भएकोले यस्ता घटनालाई रोक्न समिती गठन गरिएको जनाइएको छ । सामाजिक सद्भावको सहरको रुपमा परिचित नेपालगन्जको सद्भाव बचाइराख्नका लागि यस समितीले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।

  • ९ श्रावण २०७५, बुधबार १७:२९ प्रकाशित
  • Nabintech