१४ बैशाख २०८१, शुक्रबार
सडक निर्माण ढिलाईका कारण स्थानीयलाई सास्ती
  • काँचुली खबर

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाको सडक निर्माणमा ढिलाइ भएका कारण सर्वसाधारणलाइ सास्ती भैरहेको छ । नेपालगन्ज उपमहानगपालिका अन्र्तगत पर्ने सदरलाइन, बसपार्क देखि त्रिवेणी मोड जोड्ने न्यूरोडको बाटापूर्ण रुपमा सुचारु हुन सकेको छैन । सामान्य वर्षामा पनि सडकमा हिडडुल गर्न सास्ती हुने स्थानीय तथा यात्रुहरुको भनाइ रहेको छ । नगरबासीहरुले नगर डुवानबारे नगरपालिकाले खासै चासो नदेखाएको आरोप लगाएका छन । सडक निर्माण हुन नसक्दा रिक्सा चलाएर आफ्नो जिविको पार्जन गर्दै आएका रिक्सा चालकलाई समेत समस्या हुने गरेको छ । गर्मीमा धुलो पानी परेको समयमा हिलोले निकै समस्या हुने एक रिक्सा चालक बताउछन । त्यस्तै पसलेहरु पनि मारमा परेका छन । हिलो धुलोका कारण पसल नचल्ने हुदा आफुहरुलाई समस्या भएको पसहलेको भनाइ रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले निर्मााण कार्य सुरु भएकोले समस्या भएको बताउनुभयो । उपप्रमुख थापाले तीन बर्ष भित्र सडक निर्माण सक्ने गरि निर्माण कम्पनीले जिम्मा लिएको बताउनुभयो ।

  • ९ श्रावण २०७५, बुधबार १७:१५ प्रकाशित
  • Nabintech