१४ बैशाख २०८१, शुक्रबार
भारत हुँदै कुवेत र इराकमा नेपाली महिलाको तस्करी, दिल्लीबाट १६ महिलाको उद्धार
  • काँचुली खबर

काठमाडौं– भारतको राजधानी दिल्लीमा १६ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगले छापा मारेर नेपाली महिलाको उद्धार गरेको हो । उनीहरूलाई दिल्लीको बाटो हुँदै कुवेत र इराक पठाउने तयारी भइरहेका बेला दिल्ली महिला आयोगले उद्धार गरेको हो ।

मंगलवार राति स्थानीय समयानुसार राति १ः३० बजे छापा मारेर उनीहरूको उद्धार गरिएको हो । महिला तस्करमा संलग्न दलालहरूले उनीहरूलाई फकाइ–फुलाइ भारत पुर्‍याएको बुझिएको छ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार दलालहरूले नेपाली महिलाको राहदानी  खोसेर आफूसँगै राखेका थिए । १६ जनालाई एउटा सानो कोठामा राखिएको थियो । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा खटिएको टोलीले नेपाली महिलाको उद्धार गरेको हो ।

करिब ८ महिना अगाडिदेखि दिल्लीबाट कुवेत र इरानतर्फ महिला तस्करी भइरहेको प्रारम्भिक जाँचबाट खुलेको छ ।

  • ९ श्रावण २०७५, बुधबार १७:०६ प्रकाशित
  • Nabintech