१५ चैत्र २०८०, बिहीबार
जोखिममा रहेकी सुत्केरीलाई एयरलिफ्टमार्फत उपचार
  • काँचुली खबर

धनगढी / जोखिममा रहेकी सुत्केरीलाई एयरलिफ्टमार्फत उपचार ९ श्रावण, २०७५ हिमाल जोशीरधनगढी । गम्भीर अवस्थामा रहेकी बझाङको थलारा गाउँपालिका वडा नम्बर ७ कि सुत्केरी धुमा सार्कीको ज्यान एयरलिफ्ट पाउँदा जोगिएको छ ।

अप्रेसन गरेर बच्चा पाएकी २५ वर्षीयमा धुमाको स्वास्थ्य निक्कै गम्भीर भएपछि उनलाई प्रदेश ७ को सामाजिक विकास मन्त्रालयले एयरलिफ्ट सेवा दिएर कोहलपुर पुर्याएको हो ।सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीका अनुसार मंगलबार साँझ मनाङ एयरको हेलिकोप्टरबाट कोहलपुर लगेर धुमाको उपचार थालिएको छ । 

उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । यद्यपि, अहिले पनि कोहलपुर अस्पतालमा आइसियुमा राखेर उनको उपचार भइरहेको छ । उनको बच्चाको अवस्था निक्कै राम्रो रहेको छ ।धुमाले बझाङ जिल्ला अस्पतालमा मंगलबार नै बच्चा जन्माएकी थिइन् ।

बच्चा जन्मिएपछि उनको स्वास्थ्य अवस्था निक्कै गम्भीर बनेपछि नेपालगञ्ज रिफर गरिएको थियो । तर, गाडीबाट लैजाँदा ज्यान झन् खतरामा पर्ने भएपछि उनलाई बझाङको झोताबाट हेलिकप्टरमार्फत उपचारका लागि कोहलपुर लगिएको थियो । 

 

बझाङ अस्पतालका डा.  अनुप रेग्मीका अनुसार बच्चा जन्मिएपछि फोक्सो र कलेजोमा समस्या आएर काँप्दै धुमा बेहोस भएकी थिइन् । सामाजिक विकास मन्त्रालयले दुर्गम हिमाली र पहाडी क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्यसम्बन्धी गम्भीर समस्या आए एयरलिफ्ट दिने नीति अनुसार पाँच लाख खर्च गरेर धुमालाई उक्त सेवा दिइएको हो ।

  • ९ श्रावण २०७५, बुधबार १४:१९ प्रकाशित
  • Nabintech