२१ बैशाख २०८१, शुक्रबार
काेहलपुर नगरपालिकाद्वारा छानविन प्रतिवेदन सार्वजनिक, नगर शिक्षा प्रमुखदेखि विद्यालय संचालकसम्मलाई कारबाहि सिफारिस
  • काँचुली खबर

१० बैशाख, काेहलपुर । कक्षा ८ काे नतिजा प्रकाशन प्रकरणकाे छानविन गर्न गठित छानवीन समितिकाे प्रतिवेदन सार्वजनिक गरीएकाे छ । काेहलपुर नगरपालिका अन्तर्गत संचालन भएकाे कक्षा ८ काे नतिजा प्रकाशनका क्रममा चलखेल भएकाे आशंकामा काेहलपुर नगरपालिकाले चैत्र २५ गते छानवीन समिति गठन गरेकाे थियाे ।

वडा नं. १२ का वडाध्यक्ष बिरेन्द्र कुमार शाहाकाे संयाेजकत्वमा गठित पाँच सदस्यीय छानवीन समितिले १३ दिनपछि नगरपालिकालाई प्रतिवेदन बुझाएकाे हाे । काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले आईतबार बेलुका एक कार्यक्रमकाे आयाेजना गरि १ सय ११ पृष्ठ लामाे छानविन प्रतिवेदन सार्वजनिक गरेका छन ।

प्रतिवेदन सार्वजनिक गर्दै नगरप्रमुख आचार्यले छानवीन प्रतिवेदनमा दाेषि देखिएका सबैलाई हदैसम्मको कारबाहि गर्ने निर्णय भएकाे बताए । आचार्यका अनुसार आईतबार बसेकाे कार्यपालिकाकाे बैठकले नतिजा प्रकाशनका क्रममा भएकाे अनियमिततामा दाेषि देखिएका नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालकाे काज फिर्ता गर्ने निर्णय गरेकाे जानकारी दिए ।

त्यसैगरी नगर शिक्षा शाखाका शाखा अधिकृत रबिलाल मिजारलाई नितम्बनकालागी सिफारीस गर्ने निर्णय भएकाे आचार्यले बताए । छानविन समितिकाे प्रतिवेदन अनुसार नतिजा प्रकाशनका क्रममा मिजारकाे प्रत्यक्ष संलग्नता देखिएकाे आचार्यले बताए । त्यसैगरी शिक्षा शाखाकै कर्मचारी बलबहादुर नेपालीलाई समेत नैसियत स्वरूप विभागिय कारबाहि गर्ने निर्णय भएकाे आचार्यले जानकारी दिए ।

त्यसैगरी घटनामा प्रत्यक्ष वा पराेक्ष रूपमा जाेडिएका एक संस्थागत विद्यालयका संचालक सहितका कर्मचारी र नगरपालिकाकै नगर शिक्षकलाई समेत शिक्षा ऐन २०२८ बमाेजिम कारबाहि गर्ने निर्णय भएकाे आचार्यले जानकारी दिए ।

समितिले अनुसन्धानका क्रममा फर्जि भेटिएका ६ थान उत्तर पुस्तिका खारेज गर्न समेत सिफारिस गरेकाे नगरप्रमुख आचार्यले बताए । समितिले कक्षा ८ काे परीक्षा दिएका ५३५ वटै विद्यार्थीकाे पुत्तरपुस्तिका पुनरयाेग र समपरिक्षण गरेकाे जानकारी दिदै नगर प्रमुख आचार्यले पास भएका १ हजार ७८ विद्यार्थीलाई नै निरन्तरता दिने निर्णय समेत भएकाे प्रष्ट पारेका छन ।

  • १० बैशाख २०८१, सोमबार २०:३१ प्रकाशित
  • Nabintech