१८ बैशाख २०८१, मंगलवार
असहाय बालबालिकालाई पुर्णतारा फाउन्डेसनकाे सहयाेग
  • काँचुली खबर

५ बैशाख, नेपालगन्ज । पुर्णतारा फाउन्डेसन असहायको सहारा बन्दै गएको छ । मंगलबार फाउन्डेसनले आफ्नै कार्यालय कारकादोमा १० जना असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी श्रवण कुमारको प्रमुख अतिथ्यतामा सहयोग हस्तान्तरण गरीएकाे हाे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेल र नेपालगन्ज उपमहानगरपालिका शिक्षा विभाग प्रमुख गोरख बहादुर थापाले असहाय बालबालिकाहरुलाई फाउन्डेसनकाे तर्फबाट उपलब्ध गराईएकाे विद्यालय पोशाक, जुत्ता र एक वर्षको लागि स्टेसनरी सामग्री हस्तान्तरण गरेका थिए । फाउन्डेसनका अध्यक्ष तरा कुमारी खत्री (रोकाय) ले जय जनता माध्यमिक विद्यालय र ज्ञान ज्योति माध्यमिक विद्यालय कोहलपुरका गरिव असहाय, अनाथ १० जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको जानकारी दिईन ।

नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले संस्थाले पवित्र भावले कार्यक्रमको आयोजना गरेर बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नु राम्रो काम भएको बताए । उनले भने, ´राज्य एक्लैले केही पनि गर्न नसक्ने भएको हुनाले स्थानीय सामुदायिक र विभिन्न संस्थाहरूबाट सहयोग मागेर जनतालाई सुख सुविधा दिने राज्यको परिकल्पना हो । त्यही परिकल्पना अनुसार यो संस्थाले आफ्नो निजि स्रोतबाट राज्यलाई सहयो गरेको छ । अनाथ बालबालिकाहरुलाई शिक्षा दिने दायित्व राज्यको हो, तर राज्यको दायित्व यस संस्था र म्यडमले पूरा गर्नु भएको छ ।`

विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा विभाग प्रमुख थापाले पुर्णतारा फाउन्डेसनले निकै उदाहरणीय काम गरेको बताए । अर्का बिशिस्ट अतिथि लुम्बिनी प्रदेशका पुर्व संसद पार्वती पुन गहतराजले पुर्णतारा फाउन्डेसनले असहायहरुको दुखेको घाउमा मलम लगाउने काम गरेको भन्दै फाउन्डेसनको प्रशंसा गरेकी थिईन ।

कार्यक्रमका फाउन्डेसनकि अध्यक्ष तारा कुमारी रोकायले आफ्नो निजि स्रोतबाट यो भलाईको काम गर्न सकेकोमा आफूहरु गौरवशाली भएको बताईन । उनले फाउन्डेसनलाई सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद दिएकी थिईन ।

  • ५ बैशाख २०८१, बुधबार ०९:४५ प्रकाशित
  • Nabintech