१६ चैत्र २०८०, शुक्रबार
नेपालगन्ज उपमहानगरपालिकाको राजपत्र सार्बजनिक
  • काँचुली खबर

बाँके / नेपालगन्ज उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यवीधि र निर्देशिका राजपत्रमा प्रकाशन गरि सार्वजनिक गरेको हो । प्रमाणीकरण भएका २७ वटा कानूनको मंगलवार प्रतिनीधीसभा सदस्यहरु महेश्वर गहतराज अथकले नेपालगञ्ज राजपत्र सार्वजनिक गर्नु भएको हो । राज पत्र सार्वजनीकरण तथा सम्मान कार्यक्रममा उपमहानगरपालिकाको समग्र विकासमा विभिन्न क्षेत्रबाट सहयोग तथा योगदान पु¥याउने २८ जना व्यक्ती तथा संघ संस्थालाई पनि कदर पत्र र नगदसहित सम्मान गरिएको थियो ।

राजपत्रमा आर्थिक ऐन, २०७४, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न वनेको कानून, २०७४, विनियोजन ऐन, २०७४, सहकारी ऐन, २०७४, न्याययिक समिति कार्यविधी ‘व्यवस्थित गर्न बनेको’ ऐन २०७५, प्रशासकिय कार्यविधि (नियमति गर्ने) ऐन, २०७५, नगरसभा सञ्चालन कार्यविधि, २०७४, रेडियो तथा एफ.एम.सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७४, अनुगमन तथा मुल्यांकन सम्वन्धी कार्यविधि २०७५ लगायत २७ वटा रहेका छन् । कार्यक्रममा बोल्दै  प्रतिनीधीसभा सदस्य गहतराजले जनताका लागि जनप्रतिनीधीद्धारा बनाइएको कानून कार्यान्वयनको प्रमुख दायित्व उपमहानगरपालिकाको भएको बताउनु भयो । कानूनले नै स्थानीय तह र जनता बलीयो हुने भन्दै यसको कार्यान्वयनमा पनि हातेमालो हुनुपर्ने उहाँले बताउनु भयो । 

उपमहानगरपालिकामा कार्यरत कर्मचारी, अवकाश प्राप्त कर्मचारी, जनप्रतिनीधी, महिला स्वास्थ्य स्वयंसेवीका, सहयोगी दाता, साझेदारी संस्था, सफल उद्योगी गरि २८ जनालाई नगदसहित सम्मान गरिएको थियो ।

  • ८ श्रावण २०७५, मंगलवार १७:२३ प्रकाशित
  • Nabintech