३१ बैशाख २०८१, सोमबार
सालनालसहित मकै बारीमा फालेको अवस्थामा भेटियो नवजात शिशु
  • काँचुली खबर

२८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारीमा बेवारीसे अवस्थामा नवजात शिशु भेटिएका छन । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएका शिशुलाई सकुशल उद्धार गरीएको छ ।

स्थानिय ज्योती खड्का शाहले आफ्नो मकै बारीमा बच्चा रोइरहेको सुनेपछी हेर्न जाँदा सालनाल सहितको बच्चा फेला पारेको स्थानियले बताएका छन । बच्चा कसले जन्माएर मकै बारीमा फालेको हो त्यसको बारेमा अहिलेसम्म केही पत्ता नलागेको बताईएको छ ।

अहिले बच्चालाई नेपालगंज मेडिकल कलेज कोहलपुरको एन.आई.सि.यू. मा प्रहरी र अस्पताल प्रशासनको संरक्षणमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • २८ चैत्र २०८०, बुधबार १३:०१ प्रकाशित
  • Nabintech