१७ बैशाख २०८१, सोमबार
कक्षा ८ काे रिजल्टमा खेलवाड, फेल भएकालाई सेटिङमा पास
  • काँचुली खबर

२६ चैत्र, काेहलपुर । आधारभुत तहकाे नतिजा प्रकाशनमा गम्भीर खेलवाड भएकाे पाईएकाे छ । कोहलपुर नगरपालिकाद्वारा सञ्चालन गरीएकाे आधारभुत तह (कक्षा ८) परीक्षाकाे नतिजा फर्जि तरीकाले प्रकाशन भएकाे तथ्य फेला परेकाे छ ।

काँचुली खबरलाई प्राप्त सुचनामा कुनै एक विद्यालयको विज्ञान विषयको परीक्षाको नतिजामा शिक्षकले तयार पार्दा ५ जना फेल (नन ग्रेड) भएको देखिन्छ तर नगर शिक्षाले प्रकाशित गरेको नतिजामा भने उक्त विद्यालयको १ जना मात्र फेल देखाई बाँकिलाई सहुलियत दिएको पाईएको छ ।

यसरी सहुलियत दिई पास गराउदा कतै पैंसाको चलखेल त भएको छैन ? भन्ने आशंका उब्जिएकाे छ । कतिपय विद्यालयहरुका सञ्चालक तथा विद्यालय ब्यबस्थापन समितीका अध्यक्षहरुले उक्त नतिजा प्रति असन्तुष्टि जनाउदै वास्तविक नतिजा पुन: प्रकाशन गर्नुपर्ने धारणा राखेका छन ।

यो प्रतिनिधि प्रमाणलाई विश्लेषण गर्नेहरुले कक्षा ८ को नतिजाप्रति विश्वास गर्ने वातावरण नदेखिएकाे उनिहरूकाे भनाई छ । भ्रष्टाचार आराेपमा अख्तियारमा मुद्दा परेका ब्यक्ति प्रधानाध्यापक रहेकाे विद्यालयलाई उत्कृष्ट बनाउन नियाेजित रूपमा नजिता फेरबदल गरीएकाे अधिकाशं विद्यालय संचालकहरूकाे बुझाई छ ।

शिक्षकद्वारा तयार पारीएकाे नतिजा ।

निजकै दवावमा कोहलपुर २ मा रहेको लक्ष्मि माविको नतिजा २० प्रतिशत भन्दा नबढ्ने गरी बनाउन निर्देशन बमोजिम माफियाहरुले सोहि रिजल्टमा हेरफेर गरेकाे स्राेतकाे दावी छ । स्राेतका अनुसार निजले फोनमा कुनै अमुक ब्यक्तिसँग नतिजा हेरफेर गर्न ठाडो निर्देशन दिएका थिए ।

 

निजि लगानीका केहि विद्यालयलाई प्रोत्साहन र केहिलाई निरुत्साहन गर्ने तरीकाले मनोमानि रुपमा तयार पारीएको नतिजाले सरकारी विद्यालयलाई भने पुरै हतोत्साही पारेको देखिएकाे छ । सरकारी बजेटको खोला बग्ने सरकारी स्कुलको यो नतिजाले शिक्षक, विद्यार्थी तथा अभिभावकमा समेत नैराश्यता देखिएकाे छ ।

यद्यपि यो समाचार तयार पार्दासम्म नगरले नतिजा प्रकाशनमा गम्भिर त्रुटि भन्दै एक छानविन समिती गठन गरेको अपुष्ट समाचार प्राप्त भएको छ ।

  • २६ चैत्र २०८०, सोमबार १०:२७ प्रकाशित
  • Nabintech