१ जेष्ठ २०८१, मंगलवार
बाँकेका एसपी बोहरालाई छानबिन गर्न बन्यो प्रदेशस्तरीय समिति
  • काँचुली खबर

२३ चैत्र, कोहलपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुभाष चन्द्र बोहरा लगायतका बारेमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्गले बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको बारेमा स्थानीय संचार माध्यम तथा सामाजिक संजालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटप्पणीहरुका सम्बन्धमा विशेष ध्यानाकर्षण भएको जनाएको छ ।

‘सो सम्बन्धमा छानबिन गरी सत्यतथ्य बुझ्नका लागि यस कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन भई छानबिन प्रकृया अगाडी बढेको व्यहोरा जानकारी गराउन चाहान्छौ’, प्रदेश प्रहरीले सामाजिक सञ्जालमा रहेको आफ्नो पेज मार्फत जानकारी सार्वजनिक गरेको छ ।

पछिल्लो समय एक पछि अर्को अपराधिक घटना हुँदा जिल्लाको सुरक्षा व्यवस्था प्रति नै स्थानीयले प्रश्न उठाउन थालेका छन् । अपराधिक घटना भएको लामो समयसम्म पनि प्रहरीले दोषीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नसक्दा अहिले बाँके प्रहरी निकै आलोलित भैरहेको छ ।

दुई हत्या र दुई वटा डकैतीका घटनाले जिल्लाका ग्रामीण क्षेत्रका स्थानीय त्रसित हुन थालेका छन् । जिल्लामा बढ्दो तस्करीको नियमित गुनासो बीच अपराधिक घटनाले सुरक्षा कमाण्डप्रति प्रश्न बढ्दै जान थालेका हुन् ।

बाँकेमा पछिल्लो एक महिनामा अपराधिक घटनामा दुईजनाको हत्या भएको छ भने तीन जना घाइते भएका छन् । तर ती घटना दोषीहरू प्रहरीले पक्राउ गर्न सकेको छैन ।

  • २३ चैत्र २०८०, शुक्रबार १५:१३ प्रकाशित
  • Nabintech