१५ बैशाख २०८१, शनिबार
संकटमा परेको ‘सावने डोला’ पर्व चार दशकपछि देखियो
  • काँचुली खबर

कञ्चनपुर । राना थारु समुदायको एकपछि अर्को गर्दै कला संस्कृति र रीतिरिवाज लोप भइरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटामा भने चार दशकपछि परम्परागत पिङ ‘सावने डोला’ देखिएको छ ।

सोमबार साँझ परम्परागत तीज मनाउने क्रममा राना थामहिला वेषभूषासहित पुरानो गीत गाउन थालेपछि गाउँमा हेर्नेको भीड नै लागेको थियो । कञ्चनपुर र कैलालीमा मात्रै बसोबास गर्दै आएका राना थारु समुदायले परम्परागत रुपमा हरेक वर्ष साउन महिनाको पूर्णिमाको तीन दिन अगाडि तीज बनाउने गर्दछन् ।

सोहीअनुसार १५७ परिवार राना थारुको बसोबास रहेको बागफाँटामा वडा सदस्य साहेब रानाको पहलमा तीज मनाइएको हो । भाइ र भतिजको दीर्घायुका लागि राना थारु समुदायका महिला वर्त बस्ने गरेको वडासदस्य रानाले बताउनुभयो ।

“बिहान चोखो बसेर वर्त उपसना बस्छन् ।” उहाँले भन्नुभयो– “दिउँसो थारु परिवार ९सिमही, पुरी बनाएर पूजाअर्चना गर्छन् ।” त्यसका साथै गाउँमै पिङ ९साउने डोला० बनाएर महिला परम्परागत गीत गाउँदै डोलामा रमाउने परम्परा छ । तीजका लागि बस्तीमा तोकिएका नौकरले सबैलाई खबर गरेपछि सामूहिकरुपमा तीज मनाउने विषय तय हुन्छ ।

“पिङ त साउन १ गते नै तयार भइसक्छ ।” रानाले भन्नुभयो– “पिङ चढेर परम्परगत गीत गाउँदा वर्षा हुने धार्मिक मन्यता रहेको छ ।” साउनमा वर्षा होस् भनेर पिङमा रमाउँदै गीत गाउने प्रचलन छ ।

विसं २०३९ देखि बागफाँटामा राना समुदायको बसोबास रहेको बताउँदै रानाले गाउँमा झण्डै चार दशकपछि पिङ स्थापना गरेर परम्परागत तीज मनाइएको बताउनुभयो । “तीज बिर्सजन हुँदा पिङ नदीमा बगाउने चलन छ ।” उहाँले भन्नुभयो– “पछिल्ला वर्षमा तीज मनाए पनि पिङ स्थापना गर्न भने छाडिसकेका छन् ।” कञ्चनपुरमा थारु संग्रहालय स्थापना गरेर यहाँका थारु समुदायको संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने भनिए पनि त्यसको ठोस पहल हुन सकेको छैन । कञ्चनपुरको शंकरपुर, गञ्ज, कस्बा, पुरैना, जाइँ, देखतभुली, दैजी, भीमदत्तनगरपालिका र बेदकोटमा राना थारुको बसोबास छ ।

  • ८ श्रावण २०७५, मंगलवार १३:१६ प्रकाशित
  • Nabintech