२० बैशाख २०८१, बिहीबार
युएसए ओपनमा नेपाली चेली एरिकाले जितिन स्वर्ण र रजत पदक
  • काँचुली खबर

१९ चैत्र, काठमाण्डौं । नेपालकी कराँते स्टार एरिका गुरुङले युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छन ।

एरिकाले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यु-२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन । फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी थिईन ।

त्यस्तै युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथि तौल समूहमा भने एरिकाले रजत पदकमा चित्त बुझाउनु परेको छ । सोमबार भएको फाइनलमा एरिका अमेरिकी खेलाडीसँग ३-२ ले पराजित भएकी हुन् ।

गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुला र यु २१ दुवैको फाइनलमा पुगेकी थिइन्।

  • १९ चैत्र २०८०, सोमबार ११:२७ प्रकाशित
  • Nabintech