६ बैशाख २०८१, बिहीबार
प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा बाँकेमा
  • काँचुली खबर

प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा बाँके आएका छन । महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा आएका हुन ।  पाँच करोड ९२ लाख हाराहारीको लागतमा निर्माण गर्न लागीएको नयाँ शैक्षिक भवनको निर्माण जिम्मा रोयल कन्ट्रसन धनगढीले पाएको छ । त्रि।वि दिवसको अवसर पारी शिलान्यास हुन गईरहेको नयाँ शैक्षिक भवनको निर्माण कार्य आगामी एक वर्ष भित्र पुरा हुने जनाएको छ । 

प्रचण्ड प्रधानमन्त्री र महरा अर्थमन्त्री भएको बेला बिनीयोजन गरिएको बजेटले नयाँ शैक्षिक भवन बन्ने र यसले विद्यार्थी, शिक्षक सबैलाई सहज रुपमा अध्ययन, अध्यापन गराउन मद्दत पुग्ने जनाएको छ । उता भारतीय दुतावासद्धारा बनाईने भनिएको भवनको निर्माण कार्य भने अझै अधुरै रहेको छ । 

कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज अथक , क्षेत्र नं . ३ का प्रतिनिधी सभा सदस्य नन्दलाल रोकाय, प्रदेश सभा सांसद कृष्णा के.सी नमुना बाँकेका सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

  • ८ श्रावण २०७५, मंगलवार १२:१९ प्रकाशित
  • Nabintech