नगरशिक्षाद्वारा अँग्रेजी माध्यमका पुस्तक हस्तान्तरण
  • काँचुली खबर

कोहलपुर नगरपालिका भित्रका २९ सामुदायिक विद्यालयका आधारभूत तहका कक्षा एकका ७ सय ७१ जना विद्यार्थीहरुलाई अँग्रेजी माध्यमका किताब निःशुल्क वितरण गरिएको छ । पुस्तकसँगै विद्यालयहरुलाई ल्यापटप र डिक्सनरी समेत वितरण गरिएको छ ।

सोमबार कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले नगरशिक्षा शाखामा आयोजित एक कार्यक्रममा कक्षा एकका विद्यार्थीहरुलाई अँग्रेजी माध्यमको पाठ्यपुस्तक विद्यालयका प्रध्यानापकहरुलाई हस्तान्तरण
गरेका हुन् ।
पाठ्यपुस्तक हस्तान्तरण गर्दै प्रमुख रावतले विद्यालय त्यसमा पनि कक्षा एकमा पढाई हुने शैक्षिक सामाग्रीहरु नयाँ भएकाले यसको पढाउने विधि पनि नयाँ हुनु स्वभाविक भएको बताए । रावतले भने, ‘कोहलपुर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले पनि निजी विद्यालयहरुमा जसरी अँग्रेजी माध्यममा पढाउछन् र नीजी विद्यालयको भन्दा गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने परिणाममा देखिने गरी पढाउनु होस् ।’ साथै उनले कोहलपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा एक विद्यालयले एक प्राविधिक विषयको पढाइ शुरु गर्नु पर्ने आवश्यकता रहेको छ । लक्ष्मी
मावि बर्दहवा र त्रिमावि कोहलपुरले जस्तै अन्य विद्यालयहरुले पनि क्रमशः शुरु गर्न विद्यालयका प्रध्यानापकहरुलाई आग्रह गरे ।


त्यस्तै नगरशिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले कार्यक्रमको बारेमा जानकारी गराउदै राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम शुरु भएको र त्यही कार्यक्रम अनुसार प्रारम्भिक तह देखि नै अँग्रेजी माध्यममा पाठ्यपुस्तक तयार गरी पढाई गराउन आधारभूत तहमा शिक्षण गर्ने शिक्षीकाहरुलाई यस अघिनै तालिम दिइसकेको जानकारी गराए ।
हालसम्म पनि विद्यालयमा कुनै प्रविधियुक्त सामाग्रीहरु नभएका चार विद्यालयहरुलाई एक-एक वटा ल्यापटप समेत दिइएको थियो । ल्यापटप पाउने विद्यालयहरुमा कोहलपुर नगरपालिका-२ स्थित मुक्ति प्रावि मुक्तिनगर, शिव शक्ति आधारभूत विद्यालय प्रेमनगर, कोहलपुुर नगरपालिका-४ स्थित हिमालय मदरसा गरिब नवाज बेडनपुर र कोहलपुर नगरपालिका-१२ विद्याज्योति चरगौडी रहेका छन् ।

  • ८ श्रावण २०७५, मंगलवार ११:४९ प्रकाशित
  • Nabintech