१६ बैशाख २०८१, आईतवार
पाठ्यक्रमसँगै ब्यवहारीक सिकाईमा जोड दिएका छौं : चौधरी
  • काँचुली खबर

३० फागुन, कोहलपुर । शिक्षा ब्यवहारीक हुनुपर्छ । शिक्षाले नै मानिसलाई उत्पादनसँग जोड्ने पुलको काम गर्दछ । वर्तमान समयमा युग सुहाउँदो शिक्षा थप अपरीहार्य हुँदै गएको छ । यहि कुरालाई आत्मसाथ गर्दै बाँकेमा संचालित केही विद्यालयहरुले विद्यार्थी केन्द्रित ब्यवहारीक शिक्षामा लगानी बढाउँदै लगेका छन ।

विद्यार्थी केन्द्रित शिक्षण विधि लागु गर्ने विद्यालयको सुचीमा कोहलपुरको ब्राईटलाईट एकेडेमीको नाम अग्रपंत्तिमा आउँछ । वि.सं. २०६४ सालमा स्थापना भएको ब्राईटलाईट एकेडेमीमा १२ तहसम्मका कक्षाहरु संचालन हुँदै आएका छन । हाल विद्यालयमा ७ सय बढि विद्यार्थीहरुले नियमित रुपमा अध्ययन गर्दै आईरहेका छन ।

स्थापनाको १६ वर्षको अवधिमा विद्यालयले आफुलाई समय अनुकुल परिस्कृत गर्दै लगेको विद्यालयका संस्थापक गोबिन्द चौधरी बताउँछन । बाँकेकै बिकट मानिने राप्तीपारीबाट कोहलपुर आएर विद्यालय संचालन गर्दा भोगेका थुप्रै तिता क्षणको अनुभव छ चौधरीसँग । उनकै लगनशिलता र योजनाले स्थापनाको छोटो समयमै ब्राईटलाईट एकेडेमी गुणस्तरीय शैक्षिक केन्द्रका रुपमा स्थापित भएको छ ।

कोहलपुर नगरपवालिका १ कौशिलानगरमा अवस्थित उक्त विद्यालयले नयाँ विधिबाट शिक्षण सिकाई क्रियाकलापहरु संचालन गरीरहेको चौधरी बताउँछन । प्रि-प्राईमरीका बालबालिकाहरुलाई मन्टेश्वरी विधिबाट पढाउँदै आएको विद्यालयले ५ कक्षासम्म ब्यवहारीक शिक्षण विधिमा जोड दिएको चौधरीले जानकारी दिए ।

विद्यालयले दक्ष जनशक्ती उत्पादनमा टेवा पुगोस भन्ने हेतुले आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रमसँगै ब्यवहारीक सिकाईमा समेत जोड दिदैं आएको उल्लेख गर्दै चौधरीले भने, “हामीले अतिरिक्त समयमा सामुहिक रुपमा प्लम्विङ्ग, वाईरिङ्ग, वल्डिङ्ग तथा खानाका बिभिन्न परिकार बनाउने विधि सिकाउँदै आएका छौं ।” उनले कृषि उत्पादन र प्राविधिक क्षेत्रमा समेत आफ्ना विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको बताए । परम्परागत शिक्षण विधिले ब्यक्तिलाई किताबी ज्ञनमा मात्र सिमित गर्ने भएकाले ब्यवहारीक शिक्षामा विशेष जोड दिईएको चौधरीको भनाई छ ।

साढे आठ कठ्ठा क्षेत्रफलमा फैलिएको विद्यालयले होटेल म्यानेज्मेन्ट अध्ययन गर्ने विद्यार्थीहरुकालागी होटेल ल्याव, साईन्स विषयका विद्यार्थीहरुलाई साईन्स ल्याव, कम्प्युटर पढ्ने विद्यार्थीहरुकालागी कम्प्युटर ल्यावको समेत ब्यबस्था गरेको चौधरीले बताए ।

२०७६ सालदेखि कक्षा ११ मा ब्यवस्थापनमा कम्प्युटर साईन्स र शिक्षा संकायमा स्वास्थ्य, अंग्रेजी, गणित र नेपाली विषयमा अध्यापन हुँदै आएको ब्राईटलाईट एकेडमीमा यस वर्षदेखि होटेल म्यानेजमेन्ट विषय थप गर्न लागिएको चौधरीले बताए ।

जिल्लाका ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गर्दै विद्यालयले होटेल म्यानेजमेन्ट बिषयलाई लन्च गर्न लागेको जानकारी दिदैं चौधरीले १२ कक्षा पास गरेपछि तेस्रो मुलुक ताक्ने विद्यार्थीहरुलाई नेपालमै बसेर आम्दानि गर्न सक्ने गरी दक्ष बनाउन थप नयाँ विषय लन्च गर्ने तयारी भईरहेको बताए ।

विद्यालयले आफ्ना तीन वटा भवन मार्फत शैक्षिक गतिबिधिलाई निरन्तरता दिंदै आएको छ भने प्रत्यक कक्षा कोठामा तीस जना भन्दा विद्यार्थी नराख्ने रणनिति अनुरुप सेक्सनहरुको समेत ब्यबस्था गरेको छ । वातावरण अनुकुल हुनेगरी निर्माण गरिएका कक्षा कोठाहरुमा प्रबिधिमैत्रि शिक्षण विधिहरु थप्दै लैजाने विद्यालयको सोच रहेको विद्यालयका संस्थापक चौधरीले बताए ।

वालमैत्री तथा पारीवारीक वातावरणमा पढाउँछौं : यादव

विद्यालयका सहायक प्रिन्सिपल अरुण कुमार यादवले वालमैत्री तथा पारीवारीक वातावरण वालवालिकाहरुलाई पढाईने बताए । वालमैत्रि तथा पारीवारिक वातावरण भएकै कारण अभिभावकहरुले ढुक्क भएर आफ्ना वालवालिकालाई विद्यालय पठाउने गरेको दावी गर्दै यादवले प्रि-प्राईमरीमा बुक अनिवार्य नगरीएको उल्लेख गरे ।

कक्षा ६ सम्म सेक्सनमा विभाजन गरी आफ्ना वालवालिकाहरुलाई अध्यापन गराउदै आएको ब्राईटलाईट एकेडेमीले ३५ जना जनशक्ति परिचालन गर्दै गुणस्तरीय शिक्षा पञ्दान गर्दै आएको यादवको भनाई छ ।

एसईई र कक्षा ८ को परिक्षा विद्यालय भन्दा बाहिरबाट हुने भएकाले उत्कृष्ट नतिजाकालागि विद्यालयले प्रि-टेष्ट र शैक्षिक पुनरावलोकनका कार्यक्रमलाई तिब्रता दिएको यादवले जानकारी दिए ।

पुर्ण मन्टेश्वरी विधिद्धारा प्रि-प्राईमरिका वालवालिकाहरुलाई अध्यापन गराईरहेको ब्राईटलाईट एकेडेमीले कम्युटर ल्याव, लाईब्रेरीमा समेत विद्यार्थीहरुको पहुँच कायम गरेको यादवले दावी गरे । पावर प्वाईन्टको प्रयोग गर्दै स्माटवोर्डको माध्यमबाट पढाई हुने ब्राईटलाईटमा विद्यार्थीहरुको चाहना अनुरुप हप्ताको ५ दिन कोर्षको पढाई र १ दिन अतिरीक्ती क्रियाकलाप, प्रयोगात्मक अभ्यास र खेलकुदका कार्यक्रमहरु समेत हुने गरेको सहायक प्रिन्सिपल यादव बताउँछन ।

वाईफाई जडित स्मार्ट बोर्डमा विद्यार्थीहरुको रुचि अनुसारका विषयबस्तुलाई समेटेर सिकाउने गरीएको यादवले बताए । विद्यालयको स्तरबृद्धि गर्दै विद्यार्थीहरुलाई अनुशासन कायम गराउने, कुलत रहित विद्यार्थी उत्पादन गर्ने कार्यलाई समेत जोड दिएको विद्यालयले ब्यबहारिक र सामाजिक जीवन नबुझेसम्म वालवालिकाको जीवन अधुरो हुने भएकाले बयवहारीक तथा नैतिक शिक्षामा समेत जोड दिएको यादवको भनाई छ ।

  • ३० फाल्गुन २०८०, बुधबार १५:०५ प्रकाशित
  • Nabintech