१३ बैशाख २०८१, बिहीबार
२९ बालिकामाथि बलात्कार भएको आशंकामा अनुसन्धान जारी
  • काँचुली खबर

काठमाडौं– भारतको बिहारको मुजफ्फरपुरमा रहेको बालिका गृहमा बसेका २९ छात्रामाथि बलात्कार भएको आशंकामा अनुसन्धान भइरहेको छ । स्थानीय साहू रोडमा रहेको एक भवनमा उत्खनन् भइरहेको छ भने पूरै क्षेत्र प्रहरीको अनुसन्धानको घेरामा आएको छ ।

मुम्बईको टाटा इन्स्टिच्युड अफ सोसल साइन्सेजले आफ्नो एक रिपोर्टमा बालिका गृहमा रहेका छात्राको यौन शोषण भएको भन्दै कुरा उठाएको थियो । यो रिपोर्ट सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको हो । आशंकालाई अस्वीकार गर्न नमिल्ने बिहार प्रहरीले जनाएको छ । यस क्रममा नयाँ जानकारीहरु बाहिर आएका छन् । प्रहरीले एक बालिकाको शव गाडिएको हुन सक्ने आशंकामा उत्खनन् गरिरहेको छ ।  सोमबार प्रहरीले सात फिट गहिराइसम्म खनेको थियो, तर केही भेटिएन । सेवा संकल्प नामको एक संस्थाले यो भवनमा सरकारी बालिका गृह सञ्चालन गर्दै आएको थियो ।

बालिका गृहमा बस्दै आएकी एक छात्रासँग सोधपुछको क्रममा एक बालिकाको हत्या गरी गाडिएको हुन सक्ने बताएकाले भवनको वरपर खनिएको प्रहरीले जनाएको छ ।

  • ८ श्रावण २०७५, मंगलवार १०:२३ प्रकाशित
  • Nabintech