१७ बैशाख २०८१, सोमबार
बाँकेमा व्यावसायिक उखु खेती सुरु, चिनी उद्योग खोल्ने लक्ष्य
  • काँचुली खबर

२० फागुन, नेपालगन्ज । बाँकेमा अर्ग्यानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन् । एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका-२ ‘ए’गाउँ सत्ताइस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक उखु खेतीका लागि उखु रोपाइ सुरु गरेको हो ।

लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री भण्डारीलाल अहिरले व्यावसायिक उखु रोपाइँको सुरुवात गर्दै युवापुस्ता कृषिमा लगानीसहित प्रवेश गर्नु सुखद भएको बताए । मन्त्री अहिरले आर्थिक विकासका लागि व्यावसायिक कृषिमा जोड दिन आवश्यक भएको बताए ।

प्रालिका सञ्चालक साहिल कुरैसीले जानकी गाउँपालिका-३ इन्द्रपुरमा समेत १२.५ बिघा क्षेत्रफलमा पनि उखु रोपाइँ सुरु गरिने बताए । यसैगरी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उखु खेती गरिने बताए ।

जानकी-३ मा मिल खोलेर अर्ग्यानिक चिनी, भेली र गुँड उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक कुरैसीले बताए । एक पटक उखु रोपेपछि तीन पटकसम्म उत्पादन लिन सकिने कुरैसीले जानकारी दिए ।

  • २० फाल्गुन २०८०, आईतवार १४:०७ प्रकाशित
  • Nabintech