१६ बैशाख २०८१, आईतवार
नेपाललाई छैठौं सफलता, प्रतिश, करण र कुशलले लिए २-२ विकेट
  • काँचुली खबर

१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले छैठौं सफलता हात पारेको छ ।

९औं ओभरको पाँचौ र छैठौं बलमा विकेट लिंदै कुशल मल्लले नेपाललाई छैठौं सफलता दिलाएका हुन् ।

यसअघि ८औं ओभरको पहिलो र पाँचौ बलमा प्रतिश जीसीले दुई विकेट लिएका थिए । पहिलो बलमा जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको थियो ।

पहिलो ओभरमा करण केसीले चौथो र अन्तिम बलमा विकेट लिंदै सुखद सुरुआत गरेका थिए ।

  • १९ फाल्गुन २०८०, शनिबार १२:३० प्रकाशित
  • Nabintech