१६ बैशाख २०८१, आईतवार
लक्ष्मी मावीमा भ्रष्टाचार भएको भन्दै अनेरास्ववियुले बुझायो ज्ञापन-पत्र

ज्ञापन पत्र बुझदै नगर शिक्षा प्रमुख राम बहादुर हमालले आफु असुरक्षित रहेको भाव ब्यक्त गरेका छन । उनले अनेरास्ववियुले उठाएको विषय सम्बोधन गर्दा 'मेरो ज्यु-धनको सुरक्षा गर्न सक्नुहुन्छ ?' भन्दै प्रश्न गरेका थिए ।

  • काँचुली खबर

१८ फागुन, कोहलपुर । बाँकेको कोहलपुर वडा नं. २ मा रहेको लक्ष्मी मावी बर्दहवामा भ्रष्टाचार भएको भन्दै अनेरास्ववियुले कारबाहीको माग गरेको छ । विद्यालयमा भएको भ्रष्टाचारको बारेमा अख्तियारमा उजुरी दर्ता भई सार्वजनिक भईसक्दा समेत कारबाहीको प्रक्रियामा नगएको भन्दै आज अनेरास्ववियु बाँकेले नगर शिक्षा शाखा कोहलपुरमा ज्ञापन पत्र बुझाईएको छ ।

विद्यालयको सरकारी अनुदान लगायत सार्वजनिक सम्पत्ति बिभिन्न तवरबाट हिनामिना भएको भन्दै अनेरास्ववियु बाँकेले कारबाही प्रक्रिया अगाडी बढाउन आग्रह गरेको हो । आर्थिक वर्ष ०७७ ०७८ को लेखा परिक्षणबाट देखिएको नगद रु. २३ लाख ५० हजार विद्यालयको खातामा जम्मा गरी अपचलन गरेको भन्दै सार्वजनिक रुपमा समाचार समेत प्रकाशित भईसकेको अवस्थामा समेत नगर शिक्षा शाखा मौन रहेको भन्दै अनेरास्ववियु बाँकेले शुक्रबार कारबाही माग सहितको ज्ञापन पत्र बुझाएको हो ।

हालको ब्यबस्थापन समिती र प्रधानाध्यापकले अशुल उपर गर्न लगाएको गोप्य सुचना पाएका उजुरीकर्ताले हदैसम्मको कानुन सम्मत कारबाहिका लागि उजुरीमा दलिल समेत पेश गर्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी दिईसकेका छन ।

तत्कालिन प्रधानाध्यापक बद्रिनाथ सापकोटा र तत्कालिन विद्यालय ब्यबस्थापन समितीलाई बिपक्षी बनाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न भन्दै अख्तियारमा उजुरी परे पनि त्यस सम्बन्धमा नगर शिक्षा शाखाले कुनै चासो नलिएको स्थानियहरुको भनाई छ ।

भ्रष्टाचारको विषय सार्वजनिक हुँदा समेत त्यस उपर कुनै सुनुवाई नभएकाले बाध्य भएर कारवाही तथा सत्यतथ्य छानविनका लागि भन्दै नगर शिक्षा प्रमुख राम बहादुर हमाल समक्ष ज्ञापन पत्र बुझाईएको अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकर्ले बताए ।

भ्रष्टाचारको बिषयलाई गम्भिर रुपमा लिई सम्बन्धित सवै दोषि उपर कारबाहीको माग राखेको अनेरास्ववियुले आफ्ना मागलाई वेवास्ता गरे चरणबद्ध आन्दोलमा उत्रने चेतावनी समेत दिएको छ ।

ज्ञापन पत्र बुझदै नगर शिक्षा प्रमुख राम बहादुर हमालले आफु असुरक्षित रहेको भाव ब्यक्त गरेका छन । उनले अनेरास्ववियुले उठाएको विषय सम्बोधन गर्दा ‘मेरो ज्यु-धनको सुरक्षा गर्न सक्नुहुन्छ ?’ भन्दै प्रश्न गरेका थिए ।

काम गर्ने वातावरण नभएको औंल्याउदै हमालले यस्ता भ्रष्टहरुलाई आफुले पनि जरैदेखि उखेल्न चाहेको भएपनि उपयुक्त वातावरण नभएको उल्लेख गरेका छन । “यसो भन्दै गर्दा म कसैलाई दोष दिन चाहन्न” उनले अगाडी भने “यो देश हाक्ने पार्टीहरुकै अर्कमन्यताका कारण काम गर्ने वातावरण छैन ।”

आफ्नो दरबन्दि यहाँ नभएको र आफुले नगरपालिकाबाट तलव समेत नखाने जिकिर गर्दै हमालले नगर शिक्षामा आफु अधिकार बिहिन भएको गुनासो गरे ।

  • १८ फाल्गुन २०८०, शुक्रबार १६:०० प्रकाशित
  • Nabintech