१५ बैशाख २०८१, शनिबार
बढैयातालका शिक्षा शाखा प्रमुखलाई कालोमोसो दलियो
  • काँचुली खबर

१६ फागुन, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको छ । बुधबार बिहान मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कर्णाली प्रदेश समितिले ढकाललाई कालोमोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकमा कार्यालय आउने क्रममा भोलागौढी नजिक केही युवाले मोसो दलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेश ६ नम्बर प्रदेश समितिले ढकाल माथि भ्रष्टाचार, अनियमिता, आफु अनुकुल अडिटर बिद्यालय पठाउने र कमिशन लिने गरेको तथा प्रधानाध्यापकहरुबाट दबाबपुर्ण ढंगले भत्ता उठाउने लगायत गलत कार्य गरेको भन्दै दुर्व्यवहार गरेको जनाइएको छ ।

शिक्षा शाखा प्रमुख ढकालले नियमित रुपमा क्रान्तिकारीले चन्दा माग लगायत अनावश्यक दुःख दिने मनसायका माग राख्दै आएको बताए ।

दुर्व्यवहार गर्नेहरुलाई पक्राउ गर्न खोजी कार्य तीब्र पारीएको प्रहरीले जनाएको छ ।

  • १६ फाल्गुन २०८०, बुधबार १५:३३ प्रकाशित
  • Nabintech