१६ बैशाख २०८१, आईतवार
पत्नीलाई गोली हान्ने सहायक हवल्दारलाई पेस्तोल दिने हवल्दार निलम्बित
  • काँचुली खबर

४ फागुन, काठमाडौँ । दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरे । धनमाया पनि प्रहरी जवान हुन् ।

सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको भेटिएको छ । प्रहरी सहायक निरीक्षक ‘असई’ भन्दा तलका प्रहरीले पेस्तोल बोक्न पाउँदैनन् । तर, यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापालाई निलम्बन गरिएको छ । नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि उनलाई निलम्बन गरिएको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका एकजना अधिकृतले बताए । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले उनलाई निलम्बन गरेका हुन् ।

फागुन ३ मा साँझ यमबहादुर झाँक्रीले पत्नीलाई ३ राउण्ड गोली प्रहार गरेका थिए । हत्या आरोपी जुडो प्रशिक्षक पनि हुन् । धनमाया र यमबहादुरको नाबालक छोरी छिन् ।

 

  • ४ फाल्गुन २०८०, शुक्रबार १७:४९ प्रकाशित
  • Nabintech