५ जेष्ठ २०८१, शनिबार
काेहलपुर भू-टावर आजदेखि सर्वसाधारणकालागी खुल्ला
  • काँचुली खबर

२६ माघ, काेहलपुर । काेहलपुर नगरपालिकाकाे गाैरबकाे याेजनाका रूवमा रहेकाे भू-टावर आजदेखि खुल्ला गरीने भएकाे छ । कोहलपुर-११ गोलपार्कमा रहेको भ्यू-टावर परिक्षणका लागी आजबाट सुरु गर्न लागिएकाे नगरपालिका स्राेतले जानकारी दिएकाे छ ।

भू-टावर संचालनकालागि विभिन्न मितिमा टेण्डर खोल्दा समेत ठेक्का नपरेपछि कोहलपुर नगरपालिकाले आफैले भ्यू टावर सञ्चालन गर्न लागेको हो । कोहलपुर नगरपालिकाले परिक्षणका लागि आजबाट अवलोकन खुल्ला गरिएको काेहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विकले जानकारी दिए ।

विकका अनुसार भ्यू टावर प्रवेश तथा अवलोकनकालागि प्रति व्यक्ति रू. ७५ शुल्क कायम गरिएको छ ।

  • २६ माघ २०८०, शुक्रबार ०९:०० प्रकाशित
  • Nabintech