१४ बैशाख २०८१, शुक्रबार
प्रदेश साँसद नमुनालाई पितृशोक
  • काँचुली खबर

 

बाँकेका प्रदेशसभा सदस्य कृष्णा केसी नमुनालाई पितृशोक परेको छ । साँसद नमुनाका ८७ वर्षिय बुबा चन्द्र बहादुर खत्रीको उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि दम रोगबाट पीडित खत्रीको मेडिकल मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको थियो । उपचारकै क्रममा खत्रीको आईतबार राती ११ बजे मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
खत्रीको सोमबार अगैयास्थित राप्तीनदीमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । मृतक खत्रीको पार्थिव शरिरमा पार्टिको झण्डा ओढाएर अन्तिम संस्कार गरिएको हो ।नेकपा नेता महेश्वर गहतराज अथकले पार्टिको झण्डा ओढाएका थिए । अन्तिम संस्कार अधि आयोजित श्रदाञ्जली सभामा बोल्दै अथकले कम्युनिष्ट आन्दोलनमा हरेक सदस्यको योगदान उतिकै हुने भन्दै केसीको योगदानको चर्च गरेका थिए ।

चन्द्रबहादुरका चार छोरी र दुई छोरा छन् । जसमध्ये कान्छी छोरी कृष्णा केसी नमुना वर्तमान प्रदेश सभा सदस्य छिन । नमुना बाँके क्षेत्र नम्वर १ ‘क’ बाट प्रत्यक्ष निर्वाचित सदस्य हुन ।

मृतक खत्री प्रति हार्दिक श्रद्धाञ्जली ।

  • ७ श्रावण २०७५, सोमबार १७:१५ प्रकाशित
  • Nabintech