२३ बैशाख २०८१, आईतवार
बैजनाथ महाेत्सवमा ज्याेती मगर हेर्नेकाे भिड
  • काँचुली खबर

१७ माघ, काेहलपुर । प्रथम बैजनाथ महोत्सवमा आज उल्लेख्य मात्रामा दर्शक सहभागी भएका छन । महोत्सवको आठौँ दिन आज अहिलेसम्मकै धेरै दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।

बुधबार गायिका ज्योति मगरलाई हेर्न महाेत्हसव परिसरमा हजारौंको उपस्थिती रहेको प्रचार प्रसार समिति संयाेजक सुमन विश्वकर्माले जानकारी दिए ।

मगरले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेकी छन । आज चर्चित गायिक ज्योति मगर र गायक टंक तिमेल्सिनाको प्रस्तुती रहेको थियो ।

मगरले करिव एक दर्जन गीत प्रस्तुत गर्दा महोत्सवको भीड उत्तेजित समेत बन्न पुग्यो । ज्योति मगरको प्रस्तुती र उनलाई हेर्नकै लागि आफुहरु आएको कतिपयले दर्शकले प्रतिक्रिया  दिएका छन ।

अन्य लोकदोहोरी कलाकार भन्दा फरक शैलीमा स्टेजमा प्रस्तुत हुने ज्योती मगरले विशेष गरी युवाहरुलाई केन्द्रित गरी आफ्नो प्रस्तुती प्रस्तुत गर्दा महोत्सव स्थलमा युवाहरुको जमात उल्लेख्य मात्रामा देखिन्थे ।

झण्डै आधा दर्जन गीतहरु मार्फत १ घण्टा प्रस्तुती राखेकी मगरको प्रस्तुतीले अन्य दिनमा भन्दा लोकदोहोरी कार्यक्रमको समयलाई पछाडि सारीएकाे थियाे ।

  • १७ माघ २०८०, बुधबार १८:३९ प्रकाशित
  • Nabintech